Tuesday, August 7, 2012

लुम्विनी अञ्चल उच्च सवारी दुर्घटनाको जोखिममा


समन्वयको खाँचो

वुटवल । लुम्बिनी अंचल सवारी दुर्घटनाको उच्च जोखिममा रहेकाले समन्वयको जरुरी रहेको एक कार्यक्रममा जोड दिईएको छ । रेडियो जागरणद्धारा बुधबार बुटवलमा आयोजित कार्यक्रममा उनीहरुले यस क्षेत्रमा दुर्घटना न्यूनिकरण गर्न सकिने धारणा राखेका हुन । कार्यक्रममा बोल्दै पश्चिम नेपाल बस ब्यवासयि संघका बरिष्ठ उपाध्यक्ष दधिराम खरेलले यातायात ब्यवस्था कार्यालय,ट्राफिक चालक र अन्य सरोकारवालाहरुका विचमा समन्वय भएमा दुर्घटना न्यूनिकरण हुने बताउनुभयो । उहाँले सडकको अवस्था र सरकारी निकायको कमजोरीले दुर्घटना बृद्धि हुदा पनि चासो नदिएको बताउनुभयो ।
यातायात ब्यवस्था कार्यालय लुम्बिनीका प्रमुख जीवन प्रसाद दुलालले नितिगत रुपमा मात्रै आफुहरुको काम गर्ने भएकाले दुर्घटना न्यूनिकरणमा काम गर्न नसकिएको बताउनुभयो । उहाले गाडी जाचपासमा पनि जनशक्तिको अभावले राम्रो काम गर्न नसकिएको बताउनुभयो । पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक रबिन्द्र श्रेष्ठले मानविय ब्यबहारकै कारण दुर्घटना भएको बताउनुभयो । उहाले ट्राफिक प्रहरीले जतिकै अन्य निकायले पनि दायित्व पुरा गरे दुर्घटना नियन्त्रण हुने बताउनुभयो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका लुम्बिनी अंचल सचिव कृष्ण कंडेलले चालकलाई मात्रै दोष थुपारेर प्रशाशन र ट्राफिक उम्किएको आरोप लगानुभयो । कार्यक्रममा पश्चिमाञ्चल यातायात ब्यउवसायि समितिका अध्यक्ष लोकराज पोखरेल,यातायात मजदुर भलाई कोषका अध्यक्ष नारायण भट्टराई,पूर्व अध्यक्ष चिन बहादुर गुरु¨,जिफन्टका लुम्बिनी राप्ती अध्यक्ष हरि कार्की,नारायण घिमिरे लगायले बोल्दै दुर्घटना न्यूनिकरणमा सहकार्य हुनुपर्नेमा जोड दिएका थिए । आर्थिक बर्ष ६८÷६९ मा पश्चिमाचलमा सवारी दुर्घटनामा परि ५ सय १ जनाले ज्यान गुमाएका छन

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी