मुग्लिन । मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत दारेचोकमा शनिबार बिहान दुईवटा सवारीसाधन एकआपसमा ठोक्ँिकदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख ६२० नम्बरको ट्रकले लु १ ज ४२९३ नम्बरको जिपलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा जिप चालक नवलपरासी सुनवलका अन्दाजी २२ वर्षीय कृष्ण बराल र जिपमा सवार नवलपरासी जहडाका २० वर्षीय प्रदीप हरिजन रहेका छन् ।
यस्तै जिपमै सवार १८ वर्षीय नवलपरासी बर्दघाटका प्रकाश थापाको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

No comments:
Post a Comment
Thanx for your comment