Saturday, August 25, 2012

‘द्वन्द्वपीडितका लागि सीपसँगै आर्थिक आवश्यक’

भरतपुर । द्वन्द्वपीडितहरुलाई दिइएको तालिमको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा शान्ति मन्त्रालयका सचिव धु्रब शर्माको टोलीले शनिबार चितवनमा अनुगमन गरेको छ ।
टोलीले मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित सीप सिकेका द्वन्द्वपीडितहरुको व्यवसायस्थलमै पुगेर उनीहरुसँग जानकारी लिने काम गरेको छ ।
सो अवसरमा द्वन्द्वपीडितहरुका लागि चितवनमा ६ वटा संस्थाहरुले ३४० जनालाई सीपमूलक तालिम दिएको छ । मन्त्रालयका सचिवको टोलीलाई शान्ति, निर्माण र विकासका लागि सहकार्य फ्रि प्याडले कार्यक्रमहरुका बारेमा जानकारी गराएको थियो ।
कार्यालयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा फ्रि प्याडका कार्यकारी निर्देशक निरप्रसाद लामिछानेले द्वन्द्वपीडितहरुलाई सीपसँगै व्यवसाय गर्नका लागि थप आर्थिक सहयोग दिन आवश्यक रहेको बताउनुभयो । फ्रि प्याडअन्तर्गत ४० जनाले तालिम लिएका थिए ।
कार्यंक्रममा बोल्दै सचिव ध्रुब शर्माले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि द्वन्द्वपीडितहरुका लागि सञ्चालित कार्यक्रम प्रभावित भएको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी, मन्त्रालयका परियोजना प्रमुख दीपेन्द्रनाथ शर्मालगायतको सहभागिता रहेको थियो ।
यसैबीच बेपत्ता दिवसको अवसरमा एम्नेष्टी इन्टरनेशनल नेपाल समूह ६४ को आयोजनामा बेपत्ताहरुको अवस्था सार्वजनिक गर्न माग गर्दै रत्ननगरमा हस्ताक्षर संकलन कार्य सम्पन्न गरिएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी