Thursday, August 30, 2012

सभापतिका चार प्रत्यासीबीच प्रतिस्पर्धा

काँग्रेस निर्वाचन     
 नारायणगढ । नेपाली काँग्रेस चितवनको नयाँ नेतृत्वका लागि नाम दर्ता गराएका सभापतिका चार जना प्रत्यासीले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनका लागि आफूहरुले उम्मेद्वारी फिर्ता लिएको उनीहरुले बताएका छन् ।
उम्मेदवारी फिर्ताको समय बिहीबार दिउँसो ३ बजेसम्ममात्र रहेको थियो । उम्मेद्वारी फिर्ता लिनेहरुमा विजयराज शर्मा भुषाल, तीर्थ भुषाल, दिनेश कोइराला र जगन्नाथ पौडेल रहेका छन् ।
नेपाली काँग्रेस चितवनको नयाँ नेतृत्वका लागि आज शुक्रबार हुने निर्वाचनमा तत्कालीन सभापति टेकप्रसाद गुरुङ, भीमबहादुर श्रेष्ठ, निवर्तमान सभापति विकास कोइराला र कमल आचार्यको प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
निर्विरोध सभापति चयनका लागि निर्वाचन तथा पहल समितिले छलफल तथा अन्तत्र्रिmया जारी राखे पनि कार्यसमिति निर्विरोध चयनको प्रयास सफल हुन सकेन ।
यस्तै सचिवमा चार जना र कोषाध्यक्षमा तीन जनाको उम्मेद्वारी परेकोकोमा कसैले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिएनन् । सदस्यका लागि भने क्षेत्र नम्बर १ बाट खुलातर्फ चार जना सदस्यका लागि १३ जना र एक महिला सदस्यका लागि दुई जनाको उम्मेद्वारी परेको छ ।
यस्तै क्षेत्र नम्बर २ बाट सदस्यमा ११ जना र महिला सदस्यमा दुई जनाले उम्मेद्वारी दिएका छन् । क्षेत्र नम्बर ३ बाट सदस्यमा १० जना र महिला सदस्यमा तीन जनाको उम्मेद्वारी परेको छ ।
क्षेत्र नम्बर ४ बाट सदस्यमा १२ जना र महिला सदस्यमा चार जनाको उम्मेद्वारी परेको छ भने क्षेत्र नम्बर ५ बाट सदस्यमा ११ जना र महिलातर्फ चार जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
नेपाली काँग्रेस चितवनको नयाँ कार्यसमिति चयनका लागि बिहान ८ बजेदेखि १२ बजेसम्म मतदान हुनेछ । सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत नल्याएमा पुनः दोश्रो चरणको निर्वाचन गरिने निर्वाचन समितिले जनाएको छ ।
काँग्रेसको चुनावलाई मध्यनजर गर्दै नारायणगढको सुरक्षा व्यवस्था कडा पारिएको छ । नारायणगढमा  चेकजाँचका कडाइ गरिएको छ ।
‘श्रद्धाञ्जलीका फूलको अपमान नगरौं’
यसैबीच तरुण दलका तत्कालीन अध्यक्ष शिव पौडेलकी श्रीमती विनु पौडेलले शिवको पार्थिव शरीरमाथि चढाएको श्रद्धाञ्जलीका फूलहरुको अपमान नगर्न काँग्रेस मतदातासँग आग्रह गरेकी छन् ।
बिहीबार पत्रकार सम्मेलन नै गरेर विनुले आफ्ना श्रीमान् शिव पौडेलको हत्या प्रकरणमा तत्कालीन पार्टी सभापति विकास कोइरालाले असहयोग गरी संरक्षण नगरेको आरोप लगाउँदै मतदान नगर्न आग्रह गरेकी हुन् । 
पौडेलको भरतपुर कारागारभित्रै आक्रमण भएपछि उपचारका क्रममा मृत्यु भएको थियो । त्यतिबेला कोइराला जिल्लामा पार्टी सभापति हुनुहुन्थ्यो । केन्द्रीय समितिले कोइरालाको नेतृत्वमा रहेको जिल्ला कमिटी विघटन गर्दा पनि कार्यकर्ताको संरक्षण गर्न नसकेको आरोप लागेको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी