पर्सा । मधेसी जनअधिकार फोरम (नेपाल) निकट श्रमिक सङ्घका केन्द्रीय महासचिव रामशङ्कर मण्डलको शुक्रबार अज्ञात समूहले वीरगन्जमा गोली हानी हत्या गरेको छ ।
वीरगन्ज उपमहानगरपालिका–१४ मुर्लीचोकमा रहेको कृषि सामग्री कम्पनीमा मल लिन गएका महासचिव मण्डललाई दुई जनाको सङ्ख्यामा आएका अज्ञात हतियारधारी युवकले गोली हानी हत्या गरेका हुन् ।
पर्साको लालपर्सा गाविस–१ निवासी ३५ वर्षीय मण्डललाई कम्पनीका अधिकृतसँग मलको विषयमा कुरा गरी फर्कने क्रममा कार्यालयको मूलढोका अगाडि नम्बर नखुलेको प्लसर मोटरसाइकलमा रहेका मधेसी मूलका युवाले तीन राउन्ड गोली प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ ।
तीन गोलीमध्ये एक मण्डलको दाहिने छातीमा र अर्को देब्रे पाखुरामा लागेको बताइएको छ । मण्डलको छातीमा लागेको चोटबाट अत्यधिक रक्तश्राव भएर उनको तत्कालै मृत्यु भएको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकहरूले बताएका छन् ।
मण्डलमाथि गोली प्रहार गर्ने युवकहरु मूल सडकबाटै दक्षिणतर्फ भागेको मण्डलसँगै कम्पनीमा गएका सामुदायिक सेवा केन्द्र श्रीपुरका अध्यक्ष सुरेश महतोले जानकारी दिनुभयो ।
कार्यालयबाट निस्किने क्रममा पहिलेदेखि मूलढोकामा उभिएका युवाले मण्डललाई लक्ष्यित गरी गोली प्रहार गरेको प्रत्यक्षदर्शी महतोले बताउनुभयो । घटनामा संलग्न युवाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment
Thanx for your comment