Friday, August 24, 2012

शिव हत्याका अभियुक्तहरु काठमाडौं चलान

भरतपुर । तरुण दलका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा गएकाहरुलाई शुक्रबार केन्द्रीय कारागार काठमाडौं लगिएको छ । अदालतले बिहीबार थुनामा राख्न आदेश दिएका नौ जना अभियुक्तलाई केन्द्रीय कारागार पठाइएको हो ।
भरतपुर । तरुण दलका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा गएकाहरुलाई शुक्रबार केन्द्रीय कारागार काठमाडौं लगिएको छ । अदालतले बिहीबार थुनामा राख्न आदेश दिएका नौ जना अभियुक्तलाई केन्द्रीय कारागार पठाइएको हो ।
सुजेन्द्र राई, सुनिल केसी, फणिन्द्र श्रेष्ठ, सुरज श्रेष्ठ, शरण गुरुङ, बिलबहादुर लामा, प्रकाश तामाङ, अमिर गुरुङ र सुनिल गुरुङलाई जिल्ला अदालतका न्यायाधीश भोलानाथ चौलागाईको एकल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
उनीहरु यसअघि विभिन्न अभियोगमा पक्राउ परी थुनामा रहेका थिए । चोरीको अभियोग लागेका सुजेन्द्र राई, शिवका भाइ गोपी हत्या प्रकरणका सुनिल केसी, फणिन्द्र श्रेष्ठ, सुरज श्रेष्ठ र शरण गुरुङ, अधिवक्ता पदम दाहाललाई गोली हान्ने अभियोग लागेका बिलबहादुर लामा, लागूऔषधका प्रकाश तामाङ, पश्चिम चितवनका विराज विकको हत्या प्रकरणका अमिर गुरुङ, लुटपाट तथा जगदम्बा पेट्रोलपम्प हत्या काण्डका सुनिल गुरुङ रहेका छन् ।
उनहीहरुसँग अदालतले बुधबार बयान लिएको थियो । पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएकाहरुलाई काठमाडांैबाट ल्याएर बयान लिइएको थियो । शिव पौडेल हत्यामा संलग्न भनिएका प्रकाश रेग्मीसहित १० जना यसअघि नै शुद्ध तारेखमा छुटिसकेका छन् भने तीन जनासँग अझै बयान लिन बाँकी रहेको छ ।
जिल्ला बाहिरका कारागारमा रहेका कारण तीन जनालाई जिल्ला अदालतमा झिकाउन सकिएको छैन । हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका समयमा २०६८ मंसिर २० गते शिव पौडेलमाथि भरतपुर कारागारमा आक्रमण भएको थियो । आक्रमणबाट गम्भीर घाइते भएका पौडेलको पुस २ गते काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै बिहीबारै विभिन्न तीन मुद्दामा अदालतले तीन जनालाई पुर्र्पक्षका क्रममा छाडेको छ भने एक जनालाई थुनामा पठाएको छ । अदालतले मानव बेचविखन मुद्दामा सिमसोन चेपाङ र ज्यान मार्ने उद्योगमा साजन बास्तोला र सुमन भेटवाललाई शुद्ध तारेखमा पुर्पक्षका लागि छाडिएको हो भने जबरजस्ती करणीमा रत्ननगरका टेकमान गुरुङलाई थुनामा राख्ने आदेश दिएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी