धादिङ । चट्याङले बिहीबार राति धादिङको उत्तरी भेगमा पर्ने बूढाथुम र गुम्दी गाविसमा दुई जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् ।
धादिङको बूढाथुम गाविस वडा नम्बर ३ आलथोकमा बिहीबार राति परेको चट्याङले लागेर ३४ वर्षीया रीता गुरुङको घटनास्थलमै मृत्यु भएकोे हो । यसैगरी चैनपुर गाविस घर भई गुम्दी गाविसको चिम्चोक निम्न माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तोयानाथ लोहनीको पनि चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
चट्याङले लागेर बूढाथुम गाविसका अन्य छ जना घाइते भएका छन् ।

No comments:
Post a Comment
Thanx for your comment