Thursday, August 30, 2012

बन्दिपुरे चेपाङको जीवनशैली फेरिँदै

होमनाथ सापकोटा
सिद्धि । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भेट गरेपछि एकाएक चर्चामा आएका सिद्धिका बन्दिपुरे चेपाङको जीवनशैली फेरिएको छ । गरिबीका कारण पा“च वर्षदेखि ओडारमा बस्दै आएका ८५ वर्षीय बन्दिपुरेको प्रधानमन्त्रीले भेटेपछि रहनसहन र कार्यशैली पनि फेरिएको हो ।
शरीरले सकेको बेला मागेर खाने गरेका बन्दिपुरेले अहिले घरमा राखेको बोराबाट चामल निकालेर बिहान बेलुका भात पकाएर खाने गरेका छन् ।  ओडारमा बस्दै आएका बन्दिपुरेको कष्टकर जीवनयापन समेटिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि प्रधानमन्त्री उनलाई भेटन सिद्धि पुगेका थिए ।
बन्दिपुरेले पाएको दुःख देखेर प्रधानमन्त्रीले उनलाई १० हजार रुपैयाँ दिनुभएको थियो । प्रधानमन्त्रीले चेपाङलाई तत्कालको राहतको अनुभूति दिलाउन चामल र लत्ताकपडा पनि वितरण गर्नुभएको थियो । उनले १० हजार रुपैयाँसहित दुई बोरा चामल र लगाउने कपडासमेत पाएका थिए ।
चरम आर्थिक अभावका कारण जंगली कन्दमूल खाएर ओडारमा बस्दै आएका बन्दिपुरेले बिहान बेलुका चामलको भात खान पाएका छन् । प्रधानमन्त्रीले दिएको १० हजार रकममध्येबाट एउटा खसी किनेर अघाउन्जेल मासु खा“ए उनले भने ।
खसी काटेर उनले गाउँलेलाई खुवाएर आफूलाई भेट्न प्रधानमन्त्री आएको उपलक्ष्यमा खुसी साटासाट गरे । ‘सरकार (प्रधानमन्त्री) मलाई भेटन आयो, खुसी लागेर खसी किनेर सबैलाई खुवाएँ’, बन्दिपुरेले भने, ‘दुई बोरा चामल र लगाउने कपडा पनि दिएका थिए, बिहान बेलुका चामलको भात खाँदै छु ।’
१० हजार रुपैयाँमध्ये बन्दिपुरेले चार हजार रुपैयाँ दसँै मान्न र लगाउने एक जोर कपडा दसँैमा लगाउन राखेका छन् । ‘कपडा पनि दिएको थियो, दसँैमा लगाउन जतन गरेर राखेको छु’, उनले बताए ।
प्रधानमन्त्रीले दिएको १० हजार रुपैयाँमध्येबाटै बन्दिपुरेले घर बनाउन सुरू गरेका छन् । त्यही पैसाले ओडारनजिकै घर बनाउन जस्ता किनेर ल्याएको उनले बताए । बन्दिपुरेले ओडारमा बस्न छाडेका छन् । ‘अब किन ओडारमा बस्ने आफ्नै घर बनाएर बस्ने हो’, बन्दिपुरे बताए ।
बन्दिपुरेकै कारण प्रधानमन्त्री गाउ“मा आएपछि गाउ“लेले उनलाई माया गर्न थालेका छन् । ओडारमा बस्ने बानी परेकाले उनलाइ ओडारबाट निकाल्न मुस्किल परेको जेठा छोरा वुद्धिमान चेपाङले बताए ।
‘ओडारनजिकै घर बनाउन सुरू गरेका छौं, बुबालाई अब त्यहीँ राख्ने हो’, उनले भने । बन्दिपुरे चेपाङका एक जना नाति र एक जना नातिनीलाई बिहीबार पूर्वी चितवनको पिठुवा–८ मा रहेको विन्देश्वरी निमाविमा भर्ना गरिएको छ ।
नाति नातिनीलाई विद्यालयमा भर्ना गर्न लामो बाटो हिँडेर बन्दिपुरे पिठुवा आएका थिए । बन्दिपुरे चेपाङका जेठो छोराको १२ वर्षीया जेठी छोरी चन्द्रीमायालाई कक्षा ६ र कान्छो छोराको १५ वर्षीय जेठो छोरा विरानलाई कक्षा ७ मा भर्ना गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक भीमप्रसाद खनालले दुबै जना विद्यार्थीलाई टीका लगाइ विद्यालयमा स्वागत गर्नुभएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी