Monday, August 20, 2012

लागूऔषधसहित दुई पक्राउ

पर्सा । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएका प्रहरी टोलीले सोमबार बिहान वीरगन्जस्थित बसपार्कमा जाँच गर्नेक्रममा पर्सा वीरगन्ज–१५ मुर्ली बस्ने १८ वर्षीय फिरोज अन्सारीलाई नाइट्रोभेट १२ पिससहित पक्राउ गरेको छ ।
यसैगरी बसपार्कमा जाँच गर्ने क्रममा मकवानपुर हेटौँडा वडा नं ११ थाना भ¥याङ बस्ने ३२ वर्षीय आनन्द मिश्रलाई नाइट्रोभेट २३ पिस, कोरेक्स तीन पिससहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी