Tuesday, August 7, 2012

नक्कली नोटका कारोबारी सार्वजनिक

काठमाडौं । ठूलो परिमाणमा भारतीय नक्कली नोटको कारोबारमा संलग्न दुई पाकिस्तानी र एक नेपाली नागरिकलाई नेपाल प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी परिसर हनुमानढोकाले मंगलबार पत्रकार सम्मेलन गरी भारतीय नक्कली नोट २९ लाख ५० हजारसहित सोमबार साँझ पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएका नक्कली नोट कारोबारमा संलग्न हुनेहरुमा पाकिस्तानी नागरिकद्वय सोहेल मोहम्मद स्माइल, मोहम्मद नइ मुल्लाह र बारा प्रभुरामपुर–८ निवासी रहमत बसिर धोबी छन् ।
काठमाडौँ उपत्यकाभित्र केही व्यक्तिले अवैधरुपमा भारतीय नक्कली नोटको कारोबार, प्रयोग एवम् ओसारपसार गर्दै आएको भन्ने सूचना प्राप्त भएको र सो सूचनाअनुसार खटिएको प्रहरीको विशेष टोलीले काठमाडौँको नयाँसडकस्थित क्लासिक होटलबाट नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका पाकिस्तानीद्वय सोमबारै पाकिस्तानी एयरलाइन्सद्वारा काठमाडौँ आएका थिए । प्रहरीले धोबीको साथबाट आठ लाख ५० हजार, स्माइलको साथबाट १० लाख ५० हजार र मुल्लाहको साथबाट १० लाख ५० हजार भारतीय नक्कली नोट बरामद गरेको थियो । बरामद गरिएका नोटहरु एक हजार र ५०० दरका रहेका छन् ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी