भरतपुर । ग्रामीणस्तरमा स्वास्थ्य सेवाको पहुचसँगै चितवनमा सरकारी
स्वास्थ्यसेवा लिनेहरुको संख्यामा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०६८÷०६९
मा विगतका आर्थिक वर्षको तुलनामा भन्दा विभिन्न सरकारी स्वास्थ्य
केन्द्रबाट सेवा लिनेहरुकोे संख्यामा वृद्धि भएको जिल्ला जनस्वास्थ्य
कार्यालयले जनाएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा चितवनका अस्पतालहरुबाट प्रत्येक महिना करिब ९९ हजार १०० जनाले सेवा लिएका हुन् । सोही अवस्थामा यसअघिका वर्षमा भन्दा बढी हो । अघिल्लो आर्थिक वर्ष २०६७÷६८ मा प्रत्येक महिना करिब ९४ हजार ७९० जनाको अनुपातमा सेवा लिएका थिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केहरसिंह गोदारका अनुसार गत आर्थिक वर्षमा पाँच लाख ४ हजार ४८५ जनाले सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रबाट बहिरंग सेवा लिएका छन् ।
त्यस्तै आर्थिक वर्ष ०६७÷०६८ मा चार लाख ६१ हजार ९९७ जनालेमात्र सेवा लिएका थिए । जिल्लामा सरकारीस्तरबाट स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुको सेवास्तर वृद्धि भएका कारण सेवा लिनेको संख्यामा वृद्धि भएको गोदारले बताउनुभयो ।
सोही अवधिमा सेवा लिनेमध्ये ७२ दशमलब ४ प्रतिशत महिलाहरुले अस्पतालबाट स्वास्थ्यसेवा लिएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । ‘आमजनता स्वास्थ्यप्रति सचेत भएका कारणले सेवाग्राहीको संख्यामा वृद्धि भएको हो’, जनस्वास्थ्य प्रमुख गोदारले भन्नुभयो, ‘स्थानीयस्तरमा समेत स्थापित स्वास्थ्य संस्थाको स्तरोन्नति भएकोले पनि स्वास्थ्यसेवा लिने बढेका हुन् ।’

No comments:
Post a Comment
Thanx for your comment