Monday, September 10, 2012

अन्ततः विद्यालय वन्द गरि शिक्षकहरु प्रचण्डको स्वागतमा

माओवादी अध्यक्ष प्रचण्ड सहभागि हुने कार्यक्रमका लागि विद्यालय वन्द गराए पछि कुङ्फू नृत्य प्रस्तुत गर्दै वालकुमारी कन्या माविका विद्यार्थी ।
भरतपुर । अघिपछि विद्यालयमा रमाउने विद्यार्थीहरु सोमबार भने आफ्नै घरमा बस्न बाध्य भए । कतिपय विद्यालयका विद्यार्थीहरु भने भरतपुरको नारायणी नमुना उच्चमाविमा प्रचण्ड सहभागि कार्यक्रममा पुगेका थिए ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने अखिल नेपाल शिक्षक संगठनको जिल्ला सम्मेलनमा शिक्षकहरु सहभागि हुने भन्दै विभिन्न शिक्षक संगठन र प्याव्सन चितवनले भित्रि सहमति गरि विद्यालय वन्द गर्ने निर्णय लिएका थिए । यसरी शिक्षक संगठनको कार्यक्रममा विद्यार्थीहरुको पढ्न पाउने  अधिकारबाट वञ्चिच गराउनु दुर्भाग्य भएको अभिभावक संघ चितवनका अध्यक्ष पुष्पराज शर्माले बताउनुभयो ।
‘यो गलत प्रवृति हो, यही संस्कृती विकास हुँदै अगाडि बढ्ने हो भने भोलीका दिन झन समस्या आउन सक्छ’, उहाँले भन्नुभयो । विद्यालय बन्द गरेको प्रति विद्यार्थीहरुलाई पनि चित्त वुझेको छैन् । नारायणी उच्चमाविमा कक्षा १० मा पढने रेशा आले मगरले विद्यालय बन्द गरेको भन्दै विरोध गरिन् । ‘कोर्ष सकिएको छैन्, यसरी विद्यालय वन्द गर्नु भन्दा विदाको दिनमा कार्यक्रम गरेको भए राम्रो हुन्थ्यो’, प्रचण्ड सहभागि कार्यक्रममा नृत्य प्रस्तुत गरेकी उनले भनिन् ।
यता शिक्षक संगठनका नेताहरु भने सञ्चार माध्ययमले तिललाई पहाड बनाएको आरोप लगाए । ‘हिजोका दिनमा अन्य दलका संगठनले पनि आफ्नो सम्मेलनमा विद्यालय वन्द गरेका हुन हाम्रो संगठनले गर्दा किन तिललाई पहाड बनाइयो’, कार्यक्रममा बोल्दै संगठनका सम्मेलन आयोजक समिति सदस्य पूर्णप्रसाद दवाडीले भन्नुभयो । सम्मेलनको लागि चितवनका शिक्षक संगठनहरु र प्याव्सनले विद्यालय वन्द गर्ने सहमति गरेको भनेर चितवन पोष्टले समाचार प्रकाशित गरेपछि बन्द फिर्ता लिन चौतर्फी दवाव परेको थियो ।
दवावका वाबाजुत पनि विद्यालय हरु सोमबार वन्द भए । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी