Monday, September 10, 2012

निर्वाचनमा जाने नैतिक मनोवल कसैसँग छैन ः प्रचण्ड

भरतपुर । संविधानसभाको निर्वाचनमा जाने कुनै पनि दलसँग नैतिक मनोवल नभएको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले बताउनुभएको छ । सोमबार भरतपुरमा पार्टि सम्वद्ध शिक्षक संगठन अखिल नेपाल शिक्षक संगठन चितवनको छैठाँै जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो भन्नुभएको हो । 
अधिकाशं समय संविधानसभा पुर्नस्थापना गर्नुपर्नेमा जोड दिनुभएका उहाँले भन्नुभयो । ‘हामीले तपाईँले दिएको समयसिमा दुई वर्षमा अर्काे दुई वर्ष थप्दा पनि संविधान निमार्ण गर्न सकेनौँ, हामीलाई फेरी चुनावमा भोट दिनुस भन्ने नैतिक मनोवल कुनै पार्टिसँग पनि छैन्’, प्रचण्डले भन्नुभयो । संविधानसभा पुर्नस्थापना गर्नु उपर्युक्त हुने कुरा सबै पार्टीले महसुस गरिरहेको उहाँको दावि थियो ।
‘विस्तारै विस्तारै सबै दल संविधानसभा पुर्नस्थापन नै उपयुक्त हुने भन्ने कुराको महसुस गरिरहेका छन्’, उहाँले थप्नुभयो, ‘यो काम सजिलो छैन्, यसका लागि राष्ट्रपति, प्रधानमन्त्री, सर्वाेच्च अदालत र अन्तराष्ट्रिय समुदायको पनि सहमति चाहिन्छ ।’ अन्तरिम संविधान निमार्णका वेला दुई वर्षमा संविधान निमार्ण गर्छाैँ भन्नु महत्त्वकाँक्षी सोच भएको उहाँको टिप्पर्णी थियो ।
‘दुई वर्षमा संविधान वनाउँछौँ भन्नु महत्वाकाक्षा थियो, क्रान्ति सम्पन्न भएका मुलुकहरुमा पनि संविधान निमार्ण यति छोटा अवधीमा भएको इतिहास नै छैन्’, पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो । संविधान निमार्णको ८० प्रतिसत काम दुई वर्षमा नै सकिएको भन्दै वाँकि वुँदाहरुमा पनि सहमति भएको उहाँको दावि थियो । ‘संवेधानिक समितिले मिलाउन नसकेका समस्याहरुमाथि विवाद समाधान उपसमितिमा सहमति भइसकेको थियो’, विवाद समाधान उपसमितिका अध्यक्ष समेत रहनुभएका प्रचण्डले भन्नुभयो, ‘समितिमा एउटामात्र विवाद वाँकि थियो संघियताको ।’
अझैपनि सहमतिको विकल्प नरहेको भन्दै सबै भदौ महिनाभित्रमा सहमति निस्कने उहाँले दावि गर्नुभयो । ‘सबै पार्टिले मेहनत गरे सहमति संभव छ’, उहाँले भन्नुभयो, ‘यही भदौ महिना भित्र नयाँ खालको सहमति हुनेछ ।’ एक अर्काे प्रसंगमाउहाँले जनतामा दलप्रति वितिष्णा उत्पन्न भएको प्रति लक्षित गर्दै दल र दलका नेतालाई गालि गर्दै हिड्नु समस्याको समाधान नभएको बताउनुभयो । ‘वितिष्णा आउनु स्वभाविक हो, तर पनि यसले प्रतिगमन कारीलाई सहयोग पु¥याउँछ’, प्रचण्डले भन्नुभयो, ‘जति गरे पनि यीनै नेताले गर्ने हुन्,यीनै पार्टिले गर्ने हुन्,कोही नेता आकासवाट वर्षदैन ।’
यता राज्य संक्रमणकालमा गुज्रिरहेको भन्दै मुलुकको शिक्षा नीति निमार्णको चावी पनि त्यसैमा अड्किएको उहाँको भनाई थियो । संविधान निमार्ण पछि शिक्षा क्षेत्रका सबै समस्या समाधान भएर जाने उहाँको दावि थियो । त्यस्तै कार्यक्रममा बोल्दै एकीकृत माओवादीका प्रवक्त एवम् शिक्षक फ्याक्सन इन्चार्ज अग्नी सापकोटाले अहिलेको शैक्षिक अवस्थामा सामान्य सुधार ल्याँउदैमा शैक्षिक परिवर्तन नहुने बताउनुभयो । ‘अझ पनि नेपालमा २०२८ सालको पुरानो शिक्षा नीति कायम छ, यसमा सामान्य परिवर्तन हुँदैमा मात्र शैक्षिक परिवर्तन हुँदैन्’, उहाँले भन्नुभयो, ‘शिक्षामा आमुल परिवर्तनका लागि क्रान्तिको आवश्यकता छ ।’
सरकाले ल्याउन लागेका शैक्षिक विद्देयकको विरोध हुनु राम्रो नभएको उहाँको भनाई थियो । ‘यसले आमुल परिवर्तन गर्छ त म भन्दिन तर पनि शिक्षा क्षेत्रका विभिन्न समस्याहरुले यसले हल गर्छ’, सापकोटाले भन्नुभयो ।
कार्यक्रममा संगठनका केन्द्रीय सम्मेलन आयोजक समितिका संयोजक तुलसीप्रसाद घिमिरे, नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष भुपति दहाल, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष महेन्द्रप्रसाद पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष भानुप्रसाद सापकोटा, जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बोल्नुभएको थियो । सम्मेलनको बन्द सत्रमा ४५० शिक्षक प्रतिनिधी प्रयेवेक्षक सहभागि भएको सम्मेलन आयोजक समितिका सदस्य पूर्णप्रसाद दवाडीले जानकारी दिनुभयो ।सम्मेलन संमितिका संयोजक टकबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी