कावासोती । नवलपरासीको मुकुन्दपुरमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । आइतबार साँझ मुकुन्दरपुर–९ की अनिता बोटेलाई नारायणी नदी किनारमा बाघले आक्रमण गरेको थियो ।
यसअघि सोही ठाउँमा बाघको आक्रमणबाट तीनजनाको ज्यान गइसकेको छ । नारायणी नदीमा माछा मार्न जानेहरू बाघको सिकार भएका छन् । जङ्गली जनावर चितवन राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कन थालेपछि मान्छेमाथिको आक्रमण बढेको हो ।
नारायणी नदीमा माछा मारेर जीविका चलाउने बोटे, माझी र मुसहर समुदायका मान्छे बाघको सिकार बनेका छन् । साँझ परेपछि उनीहरु माछा मार्न नारायणीमा जाने गरेका छन् । नारायणी नदीको सिक्रौलीघाट, प्रिपहर, पिठौलीघाट, अमलटारीलगायत क्षेत्रमा माछा मार्ने चलन छ ।

No comments:
Post a Comment
Thanx for your comment