Monday, September 10, 2012

डिभिजन फोरको उपाधि नेपाललाई, अमेरिका ८ विकेटले पराजित

काठमाडौं । नेपालले अमेरिकालार्इ पराजित गर्दै आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोरको उपाधि जितेको छ ।
सोमबार भएको फाइनलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले उपाधि उचालेको हो । अमेरिकाले प्रस्तुत गरेको १ सय ४६ रनको विजयी लक्ष्य नेपालले ज्ञानेन्द्र मल्लको अर्धशतकको मदतमा २८ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । स्कोर बोर्डमा ९ रन हुँदा पहिलो विकेटका रुपमा अनिल मण्डललाई व्यत्तिगत ३ रनमा गुमाएको नेपालको पारी मल्ल र सुवाष खकुरेलले सम्हालेका थिए । सुवाससँग ९३ रनको साझेदारी गरेका मल्ल व्यक्तगत ६६ रनमा आउट भए । निकै आकर्षक पारी खेलेका उनले ३ छक्का र ७ चौकको मदतमा ६५ बलमा ६६ रन बनाएका हुन् । खकुरेल ४० र कप्तान पारस खड्का २५ रनमा अविजित रहे ।
यसअघि किनरारा ओभलमा टस जितेर व्याटिङ थालेको अमेरिकाले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ४५ रन बनायो । अमेरिकालाई सस्तैमा समेट्ने क्रममा प्लेयर अफ दि म्याच बसन्त रेग्मीले ५ विकेट लिए भने शक्ति गौचनले २ कप्तान पारस खड्का, विनोद दास र संजम रेग्मीले समान १-१ विकेट लिए । समूह चरणको सबै खेल जितर फाइनल पुगेको नेपाल डिभिजन थ्रीमा बढुवा भएको छ भने ६ अंक रहेकेा अमेरिका रन रेडमा डेनमार्क र सिंगापुरलाई पछि पार्दै फाइनलमा पुगेको हो ।
यसैबीच सिंगापुर प्रतियोगितामा तेस्रो भएको छ । सोमबार नै भएको खेलमा डेनमर्कलाई ५ विकेटले पराजित गर्दै सिंगापुर तेस्रो भएको हो । डेनर्माकलाई ८३ रनमा समेटेको सिंगापुरले १६ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा जित हात पारेको थियो ।

source: onlinekhabar

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी