Monday, September 3, 2012

काँग्रेसको निर्वाचित समितिलाई पदस्थापन

नारायणगढ । नेपाली काँग्रेस चितवनको नवनिर्वाचित समितिलाई सोमबार एक कार्यक्रमका बीच पदस्थापन गरिएको छ ।
काँग्रेसको विशेष अधिवेशनबाट चितवनको सभापतिमा निर्वाचित टेकप्रसाद गुरुङसहित सम्पूर्ण कार्यसमितिलाई पदस्थापन गराइएको हो । पार्टी कार्यालय कमलनगर नारायणगढमा आयोजित कार्यक्रममा काँगेसका पूर्वसभापति तथा पूर्वसांसद एवम् काँग्रेस कार्यकर्ताहरुले शुभकामना दिँदै पदस्थापन गराएका हुन् ।
जिल्ला तदर्थ समितिका सभापतिसमेत रहनुभएका टेकप्रसाद गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका पूर्व वैकल्पिक केन्द्रीय सदस्य कृष्णलाल सापकोटा हुनुहुन्थ्यो ।
कार्यक्रममा पूर्वसभापति रामकृष्ण घिमिरे, पृथ्वीमान गुरुङ, टोपमानसिंह गुरुङ, देवेन्द्र सुवेदी, पूर्वसांसदहरु भीमबहादुर श्रेष्ठ, उमा रेग्मी, सावित्री वोगटी पाठक, क्षेत्रीय सभापतिहरु क्षेत्र नम्बर १ का राजुु सिलवाल, क्षेत्र नम्बर २ का कुमार कार्की, क्षेत्र नम्बर ३ का प्रमोदकुमार श्रेष्ठ, क्षेत्र नम्बर ४ का बलराम श्रेष्ठ, क्षेत्र नम्बर ५ का मायाराम चौधरी, नवनिर्वाचित सचिव जितनारायण श्रेष्ठ र कोषाध्यक्ष सुरवीर पोख्रेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


पुनः निर्वाचनको माग  
नारायणगढ । नेपाली काँग्रेस चितवनको विशेष अधिवेशनबाट पराजित उम्मेद्वार विकास कोइरालाले पुनः निर्वाचन गर्न माग गर्नुभएको छ । उहाँले दोश्रो चरणको निर्वाचन आफूलाई मान्य नभएको जनाउँदै माग गर्नुभको हो ।
नारायणगढमा सोमबार पत्रकार सम्मेलन गरेर दोश्रो चरणको निर्वाचनको वैधानिकता नभएको भन्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी गरेको जानकारी दिनुभयो । उहाँले निर्वाचन वैधानिक नभएकाले पुनः वैधानिक तरिकाले निर्वाचन गराउन पनि माग गर्नुभयो ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी