धादिङ । नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले संविधानका सबै विषयमा सहमति भए संविधानसभा केही समयका लागि पुनःस्थापना हुनसक्ने बताउनुभएको छ ।
उहाँले यदि एमाओवादी यसको बाधक भइरहे ताजा जनादेश लिनुको कुनै विकल्प नरहेको बताउनुभयो । नेकपा (एमाले) धादिङको जिल्ला प्रतिनिधि परिषद् बैठक उद्घाटन गर्न धादिङ आउनुभएका खनालले पत्रकारहरूसँग कुरा गर्दै संविधान निर्माणलाई केन्द्रविन्दु बनाएर एमाले सहमतिका लागि लागिरहेको भए पनि एमाओवादी यसको बाधक बनेकोले संविधान निर्माण हुन नसकेको दाबी गर्नुभयो ।
सहमतिको सरकारले मात्र देशलाई अग्रगति दिनसक्ने उल्लेख गर्दै अध्यक्ष खनालले भन्नुभयो, ‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भदौभित्र सहमति गर्ने भने पनि आफैँ वार्ताका लागि नआएको र वार्ता आयोजना पनि नगरेकोले देश सङ्कटमा पर्दै गएको हो, एमाओवादी लचिलो हुने हो भने सहमति हुन्छ र देशले निकास पाउँछ ।’ देशको सङ्क्रमणकालीन अवस्थाको अन्त्य गर्न आफूहरू लागिपरेको र भोलिसम्ममा काँग्रेस र माओवादीसँग पनि वार्ता गरिने उहाँले बताउनुभयो ।

No comments:
Post a Comment
Thanx for your comment