भरतपुर । नेकपा एमाले चितवनको आठाँै जिल्ला अधिवेशन शुक्रबारबाट नारायणगढमा सुरू भएको छ । अधिवेशनको एमालेका अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्नुभयो । अधिवेशन उद्घाटन गर्नुअघि भरतपुर विमानस्थलमा अध्यक्ष खनालले आज शनिबार निर्णायक वार्ता हुने र त्यसले सार्थक निष्कर्ष दिने पनि बताउनुभएको छ ।
उद्घाटन कार्यक्रममा खनालले एमाले एक भएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । अहिलेको देशको परिस्थितिले एकताबद्ध एमाले चाहिरहेको उहाँको भनाइ थियो । एकअर्काे प्रसङ्गमा संविधानसभाले चार वर्षमा केही गर्न नसकेको भन्न नहुने उहाँले बताउनुभयो ।
‘यो चार वर्षमा संविधान निर्माणका सवालमा ऐतिहासिक उपलव्धि हासिल गरेका छाँै’, खनालले भन्नुभयो, ‘विवादमा रहेका विषयहरुलाई हामीले लेन देनका आधारमा सहमतिमा टुङ्ग्याउँदै संविधान जारी गर्ने तयारीमा पुगेका थियौँ ।’ अन्तिममा संघीयताको विषयमा आएर सहमतिको हलो अड्किएको उहाँको भनाइ थियो । अहिले देश विषम् स्थितिमा गुज्रिरहेको भन्दै सम्पूर्ण दोष माओवादीको रहेको उहाँको आरोप थियो ।
‘माओवादीमा मधेशवादीदल, आदिवासी जनजातिको साथ लिएर निर्वाचन मार्फत दुई तिहाई बहुमत ल्याएर सत्ता कव्जा गर्न सकिन्छ भन्ने अतिवादी सोचका कारण संविधान सभाको विगठन भएको हो’, खनालले भन्नुभयो, ‘माओवादीकै केटाकेटी बुद्धिका कारण समस्या उत्पन्न भएको हो ।’ देशमा संवैधानिक रिक्तता बढ्दै गएको उहाँले बताउनुभयो ।
‘निर्वाचन आयोग पनि खाली हुँदै छ, सर्वाेच्चका न्यायाधीश पनि खाली हुँदै छन्’, उहाँले भन्नुभयो, ‘यही अवस्था रहिरयो भने बाबुरामलाई कसैले पनि गन्दैनन् ।’ यता एमालेलाई एकताबद्ध बनाउनका निम्ति सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने उहाँको भनाइ थियो ।
उद्घाटन कार्यक्रम कृष्ण खनालको अध्यक्षतामा भएको थियो । शुक्रबारबाट नै अधिवेशनको बन्द सत्र सुरु भएको छ ।
कार्यक्रममा एमालेका पोलिटव्यूरो सदस्य सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, केन्द्रीय सल्लाहाकार समिति सदस्य सीता पौडेललगायतका नेताले पजि बोल्नुभएको थियो । त्यस्तै चितवनका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको पनि कार्यक्रममा बोलेका थिए ।
आज शनिबार सम्म चल्ने बन्द सत्रले ७१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । समितिमा वर्तमान अध्यक्ष कृष्ण खनालको प्यानलबाट उपाध्यक्षमा कृष्णभक्त पोखरेल र सचिवमा अरुणपीडित भण्डारीले उम्मेद्वारी दिँदै छन् । त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार थपलियाका प्यानलबाट उपाध्यक्षमा कृष्णप्रसाद भुर्तेल, सचिवमा इमानसिँह लामा र उपसचिवमा पार्वती रावलले उम्मेदवारी दिँदै छन् ।
खनालले भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा शनिबार सम्ममा गतिरोध अन्त्यको लागि निर्णायक वार्ता हुने बताउनुभएको हो ।
‘राजनितिक गतिरोध अन्त्यका लागि शनिबार निर्णायक वार्ता हुँदै छ’, उहाँले भन्नुभयो, ‘यसले विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्ने विश्वास लिएका छाँै ।’ आज शनिबार बस्ने शीर्ष दलका नेताहरुको बैठकले गतिरोध अन्त्यका लागि सार्थक निष्कर्ष दिने उहाँले दावी गर्नुभयो ।
एमालेले दलहरु मिलाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै अध्यक्ष खनालले भन्नुभयो, ‘हामीहरु सहमति नजिक पुगेका छौँ, तीन ठूला दलहरु सहमतिमा नआई निकास निस्कदैन’, खनालले भन्नुभयो, ‘ठूला भएका कारण तीन दल जिम्मेवार बन्नैपर्छ ।’
मञ्चमै नेतृत्वको लागि हानथाप

नेकपा एमाले चितवनको आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयनका लागि हुन लागेको उद्घाटन कार्यक्रममा सर्वसम्मत नेतृत्वको कुरा चलिरहँदा मञ्चमा नै नेतृत्वका लागि हानथाप भएको छ । अध्यक्ष पदका लागि सम्भावित उम्मेद्वारको रुपमा खडा भएका वर्तमान अध्यक्ष कष्ण खनाल र जगन्नाथ थपलिया अगाडि आएका छन् । यसअगाडि नै अध्यक्षका लागि विजय सुवेदीको नाम आएकोमा उहाँले भने अधिवेशन सुरू हुने बेलामा एक व्यक्ति एक पदको नीति ल्याउनुपर्ने भन्दै जगन्नाथ थपलियालाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने आसय व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै एमाले सल्लाहकार समितिका सदस्य विष्णु घिमिरेले जगन्नाथ थपलिया संसदीय फाँटमा अगाडि रहेको भन्दै कृष्ण खनाललाई अध्यक्ष बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले केही नेताहरु यसलाई भोट दे उसलाई नदे भनेर हिँडिरहेका छन्’, उहाँले केन्द्रीय लेखा विभागका सदस्य जागृतप्रसाद भेटवाललाई लक्षित गर्दै भन्नुभयो, ‘यो बूढेसकालमा उहाँले किन भोट माग्दै हिँड्नुप¥यो ।’ विजय सुवेदीको एक व्यक्ति एक पद भन्ने अभिव्यक्ति दिएकोप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘उहाँकै कारण यसभन्दा अगाडि मैले कृष्ण खनलालाई सचिव पदबाट उम्मेद्वारी निकाल्न लगाएको हुँ, त्यो बेला उहाँमा यो बुद्धि आएको भए राम्रो हुन्थ्यो ।’
एमाले चितवनमा भेटवाल र घिमिरेबीच पुरानो राजनीतिक टकराव छ, जुन उद्घाटन कार्यक्रममा प्रष्ट देखियो । कार्यक्रममा बोल्दै केन्द्रीय लेखा आयोगका सदस्य भेटवालले प्रतिवाद गरे । ‘मैले मर्निङ्वाक हिँड्दा कार्यकर्ता भेट्नै नहुने’, उहाँले प्रश्न गर्नुभयो, ‘मैले बुटवलको केन्द्रीय अधिवेशनमा निर्वाचनमा विजयी भएर यो पदमा आएको हुँ, मैले छाड्न तयार छु उहाँहरु तयार हुनुहुन्छ ?’ अध्यक्ष पदको सर्वसम्मतीको लागि चाबी घिमिरेको हातमा रहेको समेत उहाँको दावी थियो ।
‘सहमतिको चाबी उहाँकै हातमा छ, यदी उहाँले चाहनुभयो भने सर्वसम्मत आज (शुक्रबार) बेलुकासम्म नेतृत्व चयन हुन्छ भोली (शनिबार) कुर्नुपर्दैन ।’ उहाँले भन्नुभयो ।
कार्यकर्ताको विजोग ः कार्यक्रममा सहभागी कार्यकर्ताहरु झलनाथ खनालले बोल्दा बोल्दै पानी परेपछि आफू बसेको कुर्सीले पानी छेक्दै ।

No comments:
Post a Comment
Thanx for your comment