नारायणगढ । चितवनका माछा व्यवसायीहरूले यहाँ अर्गानिक माछा उत्पादन हुने गरेको दावी गरेका छन् ।
कुनै पनि औषधि प्रयोग नगरी माछा उत्पादन हुने गरेको माछा व्यवसायी सुनील पौडेलले बताउनुभयो । जिल्लाका माछाको व्यवसायीले नै निगरानी गर्ने गरेको र बाहिरबाट आउने माछामा ‘फर्मालिन’ प्रयोग गर्ने गरिएकाले आयात रोक्ने प्रयास भएको उहाँ दावी गर्नुहुन्छ ।
चितवनसहित नेपाली बजारमा बाहिरबाट अखाद्य (फर्मालिन प्रयोग भएको) माछा विक्री भइरहेकाले यसलाई प्रशासनले रोक्नुपर्ने व्यवसायीहरूले बताएका छन् ।
माछा व्यवसाय सुरू गरेको ४० वर्षपछि हालै माछा व्यवसायीहरू सङ्गठित भई जिल्ला समिति बनाएका छन् । जिल्लामा रहेका माछा व्यवसायीहरू सङ्गठित भई यस व्यवसायलाई व्यवस्थित गर्न लागिएको नवनिर्वाचित अध्यक्ष जोगेन्द्र महतोले बताउनुभयो ।
प्रारम्भिक तथ्याङ्कअनुसार नेपालमा वार्षिक ५२ हजार ४०० मेट्रिक टन माछा उत्पादन हुने माछा व्यवसायीहरूले बताएका छन् । वार्षिक १२ हजार मेट्रिक टन भारतीय माछा भित्रने गरेको छ ।
चितवनकै माडीमा मात्र १३० विघा पाँच कट्ठामा माछापालन हुने गरेको छ । त्यस्तै पिप्ले क्षेत्रमा २० बिघा र गुन्जनगर क्षेत्रमा ५७ बिघा क्षेत्रमा माछापालन हुने गरेको भए पनि अन्य क्षेत्रको तथ्याङ्क लिने काम जारी रहेको मत्स्य व्यवसायी सङ्घ चितवनले जनाएको छ ।

No comments:
Post a Comment
Thanx for your comment