नारायणगढ । चितवनमा दुई हजार ८८६ बालश्रमिक रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
बाल श्रमिकको क्षेत्रमा काम गर्दै आएको दियालो परिवार चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई हजार ८६६ मध्ये ११० जना सडक बालबालिका छन् । बाँकी दुई हजार ७७६ जना भने घरेलु बालश्रमको रूपमा रहेको फेला परेको दियालो परिवार नारायणगढका कार्यकारी निर्देशक केदार खनालले बताउनुभयो ।
बालश्रमिक बर्सेनि बढ्दै गएकाले स्थानीय निकायले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । तथ्याङ्कअनुसार जम्मा बालश्रमिकमा दुई हजार ५४ युवा र ८३२ युवती रहेका छन् । भरतपुर नगरपालिकामा मात्रै एक हजार ७२० बालश्रमिक रहेको खनालले बताउनुभयो ।
अन्य बालश्रमिक रत्ननगर नगरपालिका र अन्य गाविस क्षेत्रमा रहेको छ । उनीहरूले होटल, यातायात, निर्माण, कृषि तथा वर्कसपमा बढी काम गर्ने गरेका छन् । बालश्रम ऐन, २०५६ अनुसार १४ वर्ष नपुगेकालाई श्रमिकको रूपमा काम लगाउन नहुने, १४ देखि १६ वर्षसम्मका बालबालिकालाई साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म काममा लगाउन नपाउने नियम भए पनि जिल्लामा यो लागु हुनसकेको छैन ।
जिविस चितवनका सामाजिक विकास अधिकृत कृष्णजयन्ती पौडेल सडक बालबालिका तथा बालश्रमिकको अवस्था सुन्दा दयनीय रहेकाले पढ्न चाहनेलाई सहयोगका लागि पहल गर्ने बताउनुभयो । उहाँले जिविसमा कुल बजेटको १५ प्रतिशत बालबालिकालाई छुट्ट्याउने गरेको समेत जानकारी दिनुभयो ।

No comments:
Post a Comment
Thanx for your comment