कावासोती । वैदेशिक रोजगारीका लागि नवलपरासीबाट वार्षिक साढे आठ हजार युवा विदेशिने गरेका छन् ।
राहदानी लिएकामध्ये रोजगारीका लागि खाडी मुलुकसहित नौ वटा देशमा यहाँका युवाहरू वैदेशिक रोजगारीका लागि जाने गरिएको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत मोहन ज्ञवालीले बताउनुभयो ।
एसएलसीभन्दा कम योग्यता भएका युवा बढी वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क रहेको छ । ग्रामीण युवाहरूलाई स्वरोजगारमुखी बनाउन पहल नगरे श्रमशक्ति बाहिर जाने भएकाले जिल्लाले ठोस कामका लागि योजना बनाउन लागेको उहाँले बताउनुभयो ।
जिल्ला पशुसेवा कार्यालयका प्रमुख शङ्कर साहले सरकारी र गैरसरकारी संस्थाको पहलमा कृषि र पशुपालनमा युवाहरूलाई आकर्षण गर्नुपर्नेे बताउनुभयो । वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये नवलपरासी छैटौं स्थानमा रहेको छ ।
जिल्लाबाट वार्षिक १६२ महिलासमेत रोजगारीका लागि विदेशिने गरेका छन् ।

No comments:
Post a Comment
Thanx for your comment