भरतपुर । कृषि पशु तथा वन विश्वविद्यालय रामपुरको प्रथम विश्वविद्यालय सभा असोज ४ गते काठमाडाँैमा बस्ने भएको छ ।
सभाले विश्वविद्यालय सञ्चालनका लागि चाहिने शैक्षिक प्रशासनसम्बन्धी नियमावली, आर्थिक प्रशासनसम्बन्धी नियमावली, शिक्षक कर्मचारीसम्बन्धी नियमावलीको विषमा छलफल गर्नेछ । विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अध्यक्षतामा हुने सभामा विश्वविद्यालयले सञ्चलन गर्ने शैक्षिक उपाधिहरुको विषयमा समेत छलफल हुने जनाइएको छ ।
विश्वविद्यालयको प्राज्ञिक परिषद गठन नभइसकेको अवस्थामा निर्माण गरिएको शैक्षिक उपाधि तथा कार्यक्रमहरु प्राज्ञिक परिषदले परिवर्तन गर्न सक्ने गरी कार्यक्रमहरु निर्धारण गरिने विश्वविद्यालयका रजिष्टार तथा सभाका सदस्य सचिव सूर्यकान्त घिमिरेले बताउनुभयो । उहाँका अनुसार सभामा वन क्याम्पस हेटाँैडा, रामपुर क्याम्पस डिनको कार्यालय र कृषि अध्ययन संस्थान रामपुरको सम्पत्ति कानुनत भइसकेकोले स्वामित्व ग्रहण समेत गरिनेछ ।

No comments:
Post a Comment
Thanx for your comment