Saturday, September 15, 2012

मुग्लिन पुल जीर्ण बन्दै

मुग्लिन । पृथ्वी राजमार्गमा पर्ने मुग्लिन पुल जीर्ण बनेको छ । केही दिनयतादेखि पुलका नटहरू फुस्किँदै गएका छन् ।
दैनिक हजारौँ यात्रु आवतजावत गर्ने पुलको बीच भागमा बिच्छ्याइएको स्टिलको पाता शुक्रबार बाहिर निस्किएको छ । यसबाट पुल अझ धराप बनेको छ ।
पुलका दायाँबायाँका बारसमेत भाँचिएर जोखिमपूर्ण बनेका छन् । पुलमा लगाइएका नट फुत्किएर पुलका आधाभन्दा बढी भागका स्टिल प्लेट उप्केका हुन् । रातिको समयमा सवारी सञ्चालन गर्दा अलिकति पनि ध्यान अन्यत्र गयो भने सवारी साधन सीधै तल नारायणी नदीमा पर्ने निश्चित छ ।
दैनिक हजारौँको सङ्ख्यामा सवारी गुड्ने यो पुल पछिल्लो समयमा थर्कने र हल्लिने गर्न थालेको छ ।
दसैँ नजिकिँदै गर्दा पुलमा गाडीको चाप बढेको र अरू थप समस्या पर्ने देखिएकाले समयमा नै मर्मत गर्नुपर्ने स्थानीयले बताएका छन् । पुल मर्मतका लागि सडक डिभिजन कार्यालयलाई पटकपटक आग्रह गरे पनि कुनै चासो नदेखाएको उनीहरूको गुनासो छ ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी