Thursday, September 20, 2012

गण्डक बाँधको १२ नं. ठोकर भत्कियो

परासी । नवलपरासीमा गण्डक बाँधअन्तर्गत नर्सही गाविसमा रहेको ठोकर नम्बर १२ बिहीबार भत्किएको छ ।
नारायणी नदी नियन्त्रणका लागि बनाइएको उक्त ठोकर भत्किँदा १३ वटा गाविस जोखिममा परेका छन् । ठोकर क्षेत्रमा अझै पनि तीव्ररूपमा कटान जारी छ । एक महिनाअघि भत्किएको ठोकर मर्मतको क्रममा भारतले गुणस्तरहीन काम गरेकाले भत्किएको हो । अहिले स्थानीय बासिन्दा नदी नियन्त्रणको प्रयासमा जुटेका छन् ।
घटनास्थलमा प्रहरी प्रशासन पुगिसकेको स्थानीय श्यामबुचा मगरले जानकारी दिनुभयो । यसैगरी पक्लिहवा गाविसमा पर्ने ३ नम्बर ठोकर पनि जीर्ण छ ।
भदौको अन्तिम साताबाट परेको अविरल पानीका कारण नदीमा तीन लाख क्युसेकभन्दा बढी पानी रहेको थियो । नदीमा पानीको मात्रा घट्न सुरु गरेसँगै ठोकर कटान तीव्र बनेको हो ।
कटान नियन्त्रणका लागि स्थानीयवासीले वरपरका रुखकाटी तारले बाँधेर कटान भएको स्थानमा फाल्ने काम भए पनि कटान नियन्त्रण हुन सकेको छैन । यस बाँधमा भारतीय कर्मचारीले बाढी सुरु भए पछि काम गर्ने र गुणस्तरहीन सामग्री प्रयोग गर्ने हुनाले सधैँ ठोकर कटानमा पर्ने गरेको स्थानीयवासीले आरोेप लगाउने गरेका छन् । ठोकर कटानसँगै यसक्षेत्रका आधा दर्जनभन्दा बढी गाविसमा बाढीको त्रास बढेर गएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी