Thursday, September 20, 2012

सवारी जाँचबाट साढे नौ लाख राजस्व

भरतपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरले सवारी नियम उल्लङ्घनविरुद्धको अभियानअन्तर्गत गत दुई महिनामा साढे नौ लाख बराबरको राजस्व संकलन गरेको छ ।
कार्यालयले यस आर्थिक वर्ष २०६९÷०७० को पहिलो दुई महिनामा नौ लाख ४९ हजार २०० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । कार्यालयले गत साउन महिनामा तीन हजार ८८९ वटा यातायातका चालकलाई कारबाही गरी चार लाख ४९ हजार ७५० रुपैयाँ संकलन गरेको जनाएको छ ।
त्यस्तै भदौ महिनामा चार हजार ३८ जना यातायात चालकलाई कारबाही गरेर चार लाख ९९ हजार ४५० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । कार्यालयले गत आर्थिक वर्ष २०६८÷०६९ मा ३५ हजार ३५३ जना यातायात चालकलाई कारबाही गरेर ४४ लाख ३७ हजार १०० रुपैयाँ राजस्व संकलन गरेको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी