भरतपुर । गएको दुई महिनामा चितवन जिल्लामा सडक दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । आर्थिक वर्ष २०६९÷०७० को पहिलो दुई महिना साउन र भदौमा उनीहरुको ज्यान गएको कार्यालयले जनाएको हो ।
यस आर्थिक वर्षको साउन महिनामा १६ वटा दुर्घटना भएकोमा चार जनाको मृत्यु भएको र पाँच जना गम्भीर तथा ३९ जना सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै भदौ महिनामा १० वटा सडक दुर्घटनामा छ जनाको मृत्यु हुनुका साथै पाँच जना गम्भीर एवम् आठ जना सामान्य घाइते भएको कार्यालयले जानकारी गरायो । गत महिनामा छवटा चौपाया मरेको समेत कार्यालयले जनाएको छ ।
बिग्रँदो सडकको अवस्थाका कारण पनि सडक दुर्घटनाका कारण मृत्यु हुनेहरुको संख्यामा समेत वृद्धि हुने गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्णदत्त भट्टले बताउनुभयो । ‘सडकको अवस्था नाजुक छ’, उहाँले भन्नुभयो ‘यस्तो संवेदनशील सडकमा चालकले ध्यान नदिइकन चलाउँदा मृत्यु हुने बढी भएका हुन् ।’
वर्षायामका कारण पनि सडक दुर्घटनामा वृद्धि हुने गरेको उहाँको भनाइ छ । ‘बिग्रिएका सडकमा पानी जमेको अवस्थामा चालकको सावधानीको कमी कारण दुर्घटना हुने सम्भावना बढी रहन्छ’, ट्राफिक प्रमुख भट्टले भन्नुभयो । सडक दुर्घटनाका कारण घाइते हुनेहरुको संख्या तथ्याङ्कमा उल्लेख भएभन्दा बढी हुन सक्ने कार्यालयको तथ्याङ्क शाखाले जानकारी गराएको छ ।
कार्यालयमा गम्भीर प्रकृतिका दुर्घटनाहरुको जानकारीमात्र आउने हुँदा कार्यालयमा दर्ता नभएका दुर्घटनामा थप घाइते भएको हुन सक्ने भट्टले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा चितवन जिल्लामा ९६ वटा सडक दुर्घटना भएका थिए । जसमा ६७ जनाले ज्यान गुमाउनुका साथै ७९ जना गम्भीर घाइते भएका थिए ।
त्यस्तै दुर्घटनामा परी सामान्य घाइते हुनेहरु १६३ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

No comments:
Post a Comment
Thanx for your comment