Thursday, September 20, 2012

प्रचण्डको योजना असफलः केसी

भरतपुर । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानसभा पुनस्र्थापना गराएर आफ्नो पार्टी एकीकरण गर्ने माओवादी अध्यक्ष प्रचण्डको योजना असफल भएको दावी गर्नुभएको छ ।
नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले प्रचण्डले संसद पुनस्र्थापनाको रटान लगाउनु पार्टी एकीकरण गर्ने चाल भएको टिप्पणी गर्नुभयो ।
‘संसद पुनस्र्थापना गराउने र पार्टी एकीकरण गर्ने माओवादी अध्यक्ष प्रचण्डको रणनीतिअनुसार पुनस्र्थापनको कुरा अगाडि आएको हो’, उहाँले थप्नुभयो, ‘संसद पुनस्र्थापन गराउने काम जुन गैरलोकतान्त्रिक काम रोकिएको छ । यो राम्रो पक्ष हो ।’
नयाँ निर्वाचनमा जाने सम्बन्धमा बुधबार दलहरुबीच भएको सहमति सकारात्मक भएको उल्लेख गर्दै केसीले संविधानसभा र व्यवस्थापिका संसदको एकीकृत स्वरुपमा निर्वाचन हुन लागेकोमा केसीले खुसी व्यक्त गर्नुभयो ।
‘संविधान सभाको निर्वाचन गरेर एक वर्ष संविधान सभाको काम गर्ने र बाँकी चार वर्ष संविधान सभाको काम गर्ने भन्ने जुन दलहरुबीच सहमति भएको छ त्यो निकै सकरात्मक छ’ केसीले थप्नुभयो, ‘लोकतन्त्रमा जनताको मत सर्वपरी हो । दुई वर्षका लागि जनताले विश्वास गरेका प्रतिनिधिहरुले काम गर्न नसकेपछि नयाँ जनमत लिनु देशका लागि पनि आवश्यक थियो ।’
निर्वाचनसँगै संघीयतामा एकल पहिचान कि साझा पहिचान भन्ने सम्बधमा जनमत संग्रह गर्न पनि केसीले माग गर्नुभयो । ‘माओवादीले एकल पहिचानको कुरा गर्दै छ । अव सघ कस्तो हुने भन्ने सम्बन्धमा राष्ट्रिय सहमति जुट्न नसकेको अवस्थामा जनमत सग्रह गर्न जरुरी छ’, उहाँले भन्नुभयो, ‘अब निर्वाचनसँगै जनमत संग्रहको बक्सा पनि राख्न सकिन्छ’ कार्यक्रम युनियनका जिल्ला अध्यक्ष बसन्त पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी