कसरा । नारायणी नदी किनारका गाउँ र नदीमै पनि बाघले आक्रमण गर्ने घटना केही समययता बढ्न थालेको छ । नारायणी नदी किनारमा बाघले आक्रमण गर्दा आइतबार साँझ नवलपरासी मुकुन्दपुरकी अनिता बोटेको ज्यान गयो । यसरी ज्यान गुमाउने उनी एक्ली होइनन् ।
यो र गत वर्षका घटनाहरु समेत जोड्दा बाघको आक्रमणमा छ जनाको ज्यान गयो । जसमध्ये चार जना नदी आसपासका गाउँलेहरु छन् । मृतकमध्ये तीन जनालाई माछा मार्न लागेको बेलामा बाघले नदीमै आक्रमण गरेको थियो ।
गत वर्षको भदौ ११ गते पश्चिम चितवन मेघौली–३ का ५० वर्षीय विष्णुबहादुर कुमाललाई बाघले मा¥यो । डुंगामा बसेर नदीमा माछा मार्न लागेका बेला उनीमाथि बाघले आक्रमण गरेको चितवन निकुञ्जले जानकारी दिएको छ । यही जेठ २७ गते नवलपरासीको रजहर–७ का हिराबहादुर माझीलाई बाघले नदीमै आक्रमण गरेर ज्यान लियो ।
मुकुन्दपुर गाविसको वडा नं. ९ मा पर्ने नारायणी नदीको तीन भंगालो भन्ने ठाउँमा माझीलाई बाघले आक्रमण गरेको थियो । माझीको ज्यान गएको हप्ता दिन बित्दा नबित्दै सोही भंगालोमा बाघले फेरि अर्को आक्रमण ग¥यो । असार ३ गते बिहान सोही ठाउँमा बाघले आक्रमण गर्दा माछा मार्न आएका प्रगतिनगर–१ का ५४ वर्षीय देवीबहादुर बोटेको निधन गएको थियो ।
नदीभन्दा बाहिर गत बैशाख १२ गते मेघौली गाविस–५ की ३५ वर्षीया राधा भण्डारीलाई स्थानीय सदावाहार मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरेर मारेको थियो । सो ठाउँ निकुञ्जलाई छोएर बग्ने अर्को ठूलो नदी राप्तीनजिक पर्छ । नदीभन्दा टाढा गत चैत्र २३ मा बाघको आक्रमणमा परेर पटिहानी गाविस–२ का २१ वर्षीय किसान महतोको ज्यान गएको थियो ।
यही भदौ १३ गते मेघौली गाविस–२ का ५० वर्षीय दिलबहादुर कुमालको बाघको आक्रमणमा परेर ज्यान गएको छ । ‘केही वर्षयता मेघौली र यस आसपासका गाउँ जो नारायणी नदीसँग जोडिएका छन् त्यहाँ बढी बाघको आक्रमण हुने गरेको छ’, चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले भन्नुभयो ।
बाघको सिकारभित्र मान्छे पर्दैन तर पछिल्लो समयमा नदीमा रहेका मान्छेमाथि नै आक्रमण गर्न थालेकाले स्वभाव परिवर्तन भएको पो हो कि भन्ने आशंका बढेको छ । सहायक संरक्षण अधिकृत पौडेल भन्नुहुन्छ, ‘बाघले नदीमा बगेर आएको मान्छेको लाश पनि खाने गरेको जानकारी आएको छ । लाश खाएर मान्छेको स्वादमा पल्केको बाघले मान्छेमाथि आक्रमण गरेको पो हो कि ।’
ज्युँदो मान्छे मारेर स्वाद लिएको बाघले पटकपटक मान्छेकै सिकार गर्छ । तर लाश खाएर मान्छे नै मार्न पल्कन्न सक्छ या सक्दैन भन्नेबारेमा कुनै वैज्ञानिक आधार भने नभएको सहायक संरक्षण अधिकृत पौडेलले बताउनुभयो । मान्छे मार्न थालेको बाघलाई निकुञ्जले नियन्त्रणमा लिन्छ । मेघौली क्षेत्रबाट गत बैशाखमा एउटा तीन वर्षको भाले बाघ निकुञ्जले नियन्त्रणमा लिएको छ ।
चितवन निकुञ्ज नेपालमा बाघको मुख्य बासस्थल हो । नेपालभर कुल १५५ वटा बाघ रहेकोमा १२५ वटा बाघ चितवन निकुञ्जमा नै छन् । निकुञ्जभित्र बाघलले खाने आहारा प्रजातिका चित्तल, बँदेल कम हुँदै गएपछि बाघले मान्छेको सिकार गर्न थाल्छ । निकुञ्जबाहिर मध्यवर्ती क्षेत्रमा बाघले आक्रमण गरेर ज्यान गएमा मृतकका परिवारले अहिले डेढ लाख रुपैयाँ राहत पाउँछन् ।

surce:echitwanpost.net
No comments:
Post a Comment
Thanx for your comment