भरतपुर । अधिकृतस्तरको लडाकू भर्ना छनौटको काम बुधबारबाट सुरू भएको छ ।
भर्ना छनौटका लागि तोकिएको पूर्वी चितवनको चैनपुरस्थित सैनिक आवासीय विद्यालयमा सबै शिविरका लडाकू आएपछि छनौटको काम औपचारिक रुपमा सुरू भएको सेना समायोजन विशेष समितिअन्तर्गतको सचिवालयले जनाएको छ ।
अधिकृत तहको लागि बुधबारमात्रै ९१ जनाले फाराम भरेकोे सचिवालयका शाखा अधिकृत चिरञ्जीवी भण्डारीले जानकारी दिनुभयो । उनीहरुको शारीरिक परीक्षण सुरू गरिएको उहाँले जानकारी दिनुभयो ।
चितवनबाट अधिकृतका लागि १७ जना छानिएका छन् भने नवलपरासीबाट २० जना छनौट प्रक्रियाका लागि चितवन आएका छन् । छनौटका लागि देशैभरबाट ९४ जना पूर्वलडाकू सम्पर्कमा आएको सेना समायोजन विशेष समितिअन्तर्गतको सचिवालयका संयोजक बालानन्द शर्माले बताउनुभयो ।
अधिकृतस्तरमा समायोजन हुन चाहने लडाकूले पनि तल्लोस्तरमा समायोजन हुने लडाकूसरह शारीरिक, स्वास्थ्य र लिखित परीक्षाका अतिरिक्त अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ ।
यसैबीच, समायोजनमा जान चाहने लडाकूको संख्या बढीमा दुई हजार पुग्ने सचिवालयले जनाएको छ । अहिलेसम्म मुख्य र सहायक शिविरका गरी एक हजार ४६१ लडाकूले फाराम भरी शारीरिक परीक्षा दिएका छन् ।
आज बिहीबारसम्ममा शारीरिक परीक्षा सकेर शुक्रबार लिखित परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।

No comments:
Post a Comment
Thanx for your comment