Wednesday, September 12, 2012

एमाले जिल्ला अधिवेशनको अन्तिम तयारीमा

भरतपुर । नेकपा एमाले चितवनको भदौ २९ र ३० गते हुने आठौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
भरतपुरमा बुधबार भएको पत्रकार सम्मेलनमा एमाले चितवनले अधिवेशनको तयारी करिबकरिब पूरा भएको बताएको छ । तयारीको लागि गठित सबै समितिहरुले आ–आफ्नो तयारी पूरा गर्ने काम अन्तिम चरणमा पु¥याएका एमाले चितवनले जनाएको छ ।
भरतपुर पार्टी कार्यालयमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष झलनाथ खनालले गर्नुहुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । अधिवेशनको बन्दसत्र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुनेछ ।
चितवनको ३६ वटा गाउँ कमिटी, रत्ननगर नगरपालिकाका १३ वडा, भरतपुर नगरपालिकाका १४ वडा तथा क्यान्सर शाखा र रामपुर शाखा गरी ६५ शाखा, मजदुर र जनवर्गीय संगठनहरुबाट करिब ६४० जना प्रतिनिधि र जिल्ला कमिटीले विधानअनुसार मनोनयन गर्ने सम्पूर्ण प्रतिनिधि संख्याको ५ प्रतिशतसमेत गरी करिब ६७२ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन् ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी