नारायणगढ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संघर्ष समितिले आयोजना गरेको बन्दका कारण बुधबार बिहान चितवनको जनजीवन प्रभावित भयो । अरुले विद्यालय बन्द गराउँदा विरोधमा रहने विद्यार्थीहरुले नै बन्द आयोजना गर्दा चितवनका झण्डै डेढ लाख विद्यार्थी बुधबार पढ्न पाउने अधिकारबाट वञ्चित हुनुप¥यो ।
बिहान १२ बजेसम्म भनिएको बन्द नौ बजेपछि खुलेपनि विद्यालयहरु भने सञ्चालन हुन सकेनन् । चितवनका अधिकांश विद्यालय तथा क्याम्पसहरु बन्द नै रहे । बिहानी कक्षा सञ्चालन हुने सम्पूर्ण क्याम्पसहरुमा पठनपाठन अवरुद्ध भयो । दिवा कक्षाका क्याम्पसहरुमा पनि पठनपाठन प्रायः ठप्प नै रह्यो ।
गत २५ गते अखिल नेपाल शिक्षक संगठनको जिल्ला सम्मेलनलाई मध्यनजर गर्दै चितवनमा क्रियाशील शिक्षक संगठनहरु र प्याव्सनले एक दिन विद्यालय बन्द गर्ने निर्णय गर्दा चितवनका सम्पूर्ण विद्यार्थी संगठनहरुले विद्यालयलाई शान्ति क्षेत्र बनाउनुपर्ने भन्र्दै बन्द फिर्ता लिन माग गरेका थिए ।
सो बन्दका कारण बिहान चितवनको प्रमुख व्यापारिक केन्द्र नारायणगढ, भरतपुर, रत्ननगर, पर्सालगायतका क्षेत्रहरु सुनसान थिए । पूर्वतिरबाट आएका यातायातका साधनहरु पूर्वी चितवनको सहिदस्मृति बहुमुखी क्याम्पस टाँडीमा रोकिएका थिए । त्यस्तै पश्चिम नेपालबाट आएका साधनहरु नारायणी पुलपारि गैँडाकोटमा रोकिएका थिए ।
बिहानैदेखि बन्दकर्ताहरु सडकमा लाठीसहित प्रदर्शन गरिरहेका थिए । भरतपुरको वीरेन्द्र क्याम्पस, रत्ननगरको सहिदस्मृति क्याम्पसअगाडि पूर्वपश्चिम राजमार्गमा विद्यार्थीहरु सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।
इन्सेकको आपत्ति
यसैबीच विपक्षी दलका विद्यार्थी संगठनहरुको बन्दका क्रममा विद्यालयहरु समेत बन्द भएकोप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले आपत्ति जनाएको छ ।
जिल्ला संयोजक मुकुन्द दाहालले विज्ञप्ति जारी गरी विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको र सबैै राजनीतिक दलले समेत सो घोषणाप्रति औपचारिक प्रतिबद्धता समेत जनाइसकेको अवस्थामा विद्यालय बन्द गरिनु दुःखद् भएको बताउनुभएको छ ।
पटकपटक हुने बन्द हडतालका क्रममा विद्यालयलाई प्रभावित नगर्न इन्सेकले माग गरेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको विरोधमा विद्यार्थीहरुले गरेको बन्दमा विद्यालयहरुमा पनि पढाइ हुन सकेन ।
विद्यार्थी व्यवसायीबीच झडप

नवलपरासी । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विभिन्न विद्यार्थी संगठनको आह्वानमा भएको नेपाल बन्दका कारण नवलपरासीको जनजीवन ठप्प बनको छ ।
बन्दका क्रममा विद्यार्थीहरुले तोडफोडमा उत्रेको भन्दै दलदलेका व्यापारीले बन्द गराउँदै हिँडेका विद्यार्थीविरुद्ध प्रतिकारमा उत्रेपछि नवलपरासी दिनभर तनावग्रस्त बन्यो ।
बन्द गराउँदै हिँडेका विद्यार्थीहरुले दलदलेमा स्थानीय व्यापारीका पसलमा तोडफोड गरेपछि सामूहिक प्रतिकारमा उत्रेका व्यापारी र बन्दकर्ताबीच दोहोरो झडप ह्ुँदा पाँच विद्यार्थी घाइते भएका हुन् ।
बन्दका कारण जिल्लाका सम्पूर्ण कलकारखाना, यातायात, शिक्षण संस्था तथा सरकारी कार्यालय एवम् विभिन्न वित्तीय संस्थाहरु बन्द रहेका छन् ।

No comments:
Post a Comment
Thanx for your comment