Wednesday, September 12, 2012

गजल

विधुर ‘प्रिय सिर्जन’
चाहन्थेँ अमृतको खेती होस जहरको खेती ग¥यौ तिमी
एक मन एक प्रेम चाहेको थिएँ लहरको खेती ग¥यौ तिमी

सपनाको वगँैचामा फूल फूलेका हेर्ने चाह थियो मेरो
चाहना त थ्यो वाग मलाई शहरको खेती ग¥यौ तिमी

के भुल पो थियो र मेरो ? दिलले चाहनु तिमीलाई
सोचेको के थियो भयो के, कहरको खेती ग¥यौ तिमी

सपना सव भताभुङ्ग भो यती खेर तिमी टाढा गए पछि
दिन्थेमा कञ्चन त्यो नदी नहरको खेती ग¥यौ तिमी

आँफैमा सुन्दर थिए ति पलहरु, सुन्दर ती चाह पनि
भाग्यौ पर पर किन कुन्नी डरको खेती ग¥यौ तिमी
रुपन्देही हाल भरतपुर

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी