Wednesday, September 12, 2012

नेपाल क्रिकेट टोलीलाई माओवादीद्वारा सम्मान

काठमाडौं, २८ भदौ । एकीकृत नेकपा (माओवादी) ले आई. सि. सि. वल्र्ड लिग डिभिजन–४ बिजेता नेपाली क्रिकेट टोलीलाई स्वागत तथा सम्मान गरेको छ । पार्टीका अध्यक्ष प्रचण्डले विजयी खेलाडिहरुलाई भादगाउ“ले टोपी तथा दोसल्ला ओढाएर स्वागत तथा सम्मान गर्नु भएको थियो । अध्यक्ष प्रचण्डले क्रिकेट खेलाडिहरुलाई सम्मान गर्दै खेलाडिहरुले खेलमा देखाएको जस्तै टीम स्पिरिट नेताहरुले राजनीतिमा पनि देखाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – तपाई खेलाडि साथीहरुले राजनीतिक दलहरुलाई टीम स्पिरिट कायम गर्न एक सन्देश दिनु भएको छ । उहा“ले नेपाली टोलीले राष्ट्रिय गौरव कायम गरेकोमा बधाई दिनु भयो । उहा“ले देशको सभ्यता र संस्कृतिको बिकासको मापदण्ड खेलकूद भएको बताउनु भयो । क्रिकेट खेलाडिहरुले नेपाललाई विश्वमा नया“ ढंगले परिचित गराएर नेपालीहरुको छाती चौडा बनाईदिएको उहाँको धारणा थियो । खेलाडिहरुलाई एकीकृत नेकपा माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डे (उत्तम)ले स्वागत गर्नुभएको थियो । 

कार्यक्रममा लिलामणी पोखरेल, हिसिला यमी, शशी श्रेष्ठ लगायतका एकीकृत नेकपा (माओवादी)का बरिष्ठ नेताहरुको पनि उपस्थिति रहेको थियो । खेलाडिहरुका तर्फबाट कप्तान पारस खड्काले आफूहरुलाई यसैगरी प्रोत्साहन गरे आफुहरु विश्वकप फाइनलमा पुग्ने पनि बताउनु भयो । स्वागत कार्यक्रमको अध्यक्षता माओवादी खेलकूद बिभागका इन्चार्ज टोपबहादुर रायामाझीले गर्नुभएको थियो भने संचालन प्रवक्ता अग्निप्रसाद सापकोटाले गर्नुभएको थियो ।
source: krishnasenonline

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी