Tuesday, September 4, 2012

पत्रकार महासंघलाई अन्तरिम आदेश

वीरगञ्ज । पत्रकार महासंघ पर्साको जिल्ला अध्यक्ष पदमा महासंघका केन्द्रीय महासचिवले गरेको हस्तक्षेपको विरोधमा पर्सा जिल्ला अध्यक्षले अन्तरिम आदेश जारी गरेको छ ।
नेपाल पत्रकार महासघंको पर्सा जिल्ला अध्यक्ष पदमा अठार महिनापछि अशोक तिवारीलाई हटाइ केसी लामिछानेलाई स्थापित गरेको निर्णयको विरोधमा पर्सा जिल्ला अदालतले अन्तरिम आदेश जारी गर्दै अर्को आदेश नहुन्जेलसम्म पुनर्वहाली गरेको हो ।
पत्रकार महासंघ पर्साका अध्यक्ष अशोक तिवारीले पर्सा जिल्ला अदालतमा दर्ता गर्नुभएको निवेदनमा पर्सा जिल्ला अदालतले केसी लामिछानेलाई पन्द्र दिनभित्र जवाफ दिन आदेश गरेको छ ।
पर्सा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार काफ्लेको इजलासले सो आदेश दिएको हो ।







No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी