Tuesday, September 4, 2012

खाल्डोमा शिशु गाड्ने महिला पक्राउ

पिप्ले । पूर्वी चितवनको पिप्ले गाविस–१ स्थित जितपुरमा एक महिलाले बच्चा जन्माइ खाल्डोमा गाडेको तथ्य फेला परेको छ । भदौ १६ गते बच्चा जन्माइ खाल्डोमा हालेको रहस्य मंगबारमात्रै खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
स्थानीयले दिएको सूचनाको आधारमा स्थानीय डिल्लबहादुर राईकी श्रीमती वर्ष ३८ की पूmलमाया राईले भदौ १६ गते राति बच्चा जन्माइ आफ्नै घरको पछाडि खाल्टो खनी गाडेको पुष्टि भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।
जानकारी पाउनासाथ खटिइ गएको प्रहरी टोलीले आवश्यक अनुसन्धानपश्चात शवलाई खाल्टोबाट खनी निकालिएको छ । शवलाई परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा पठाइएको छ भने पूmलमायालाई नियन्त्रणमा लिई आवश्यक कारबाही सुरू गरिएको चितवन प्रहरीले जनाएको छ ।  

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी