१९ भदौ, काठमाडौं । मलेसियामा जारी आइसीसी विश्वकप क्रिकेटको लिग डिभिजन फोरमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।नेपालले मंगलवार भएको आफ्नो दोस्रो खेलमा तान्जानियालाई ८ विकेटले पराजित
गरेको हो ।
तान्जानियाले दिएको ८३ रनको झिनो विजयी लक्ष्य नेपालले १९ दशमलब
४ ओभरमा २ विकेट गुमाउदै भेट्टायो ।नेपालका लागि नटआउट रहदै ज्ञानेन्द्र मल्लले २८ तथा कप्तान पारस खड्काले १५ रन जोडे । सुवास खकुरेल २० तथा अनिल मण्डलले ९ जोडे ।यसअघि बायुमास ओभल मैदानमा टस जितेर पहिले व्याटिङ थालेको तान्जानियाले ३१
दशमबल ४ ओभरमा सवै विकेट गुमाउँदै ८२ बनाएको थियो ।
नेपालको कसिलो बलिङका
सामू तान्जानियाका व्याट्सम्यानहरु चल्न सकेनन् । तान्जानिया लागि इसा
किकासीले सर्वाधिक ३३ रन जोडे ।तान्जिनियालाई सस्तैमा समेट्न
नेपालका कप्तान पारस खड्काले ४ विकेट लिए भने बसन्त रेग्मीले ३, विनोद
दासले २ तथा शक्ति गौचनले १ विकेट लिए ।सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ५ विकेटले पराजित गरेको थियो ।
नेपालले अब भदौ २१ गते मलेसियासँग खेल्नेछ ।राउन्ड रोबिन लिगका आधारमा खेलिने प्रतियोगिताको शीर्ष २ टोली डिभिजन
थ्रीमा उक्लनेछन् भने पुछारमा रहने २ टोली डिभिजन फाइभमा झर्नेछन् ।
onlinekhabar.com
No comments:
Post a Comment
Thanx for your comment