पर्वत, भदौ १९ । सदरमुकाम कुस्मा बजारको बडागाउँ चौरमा बम फेला परेको छ ।
बडगाउँ चौरमा निर्माणाधीन जिल्ला अदालत भवनको अगाडीको गेटकै सामुन्ने
डोजरले बाटो खन्दा सकेट बम फेला परेको हो । डोजरले सडक निर्माण गर्ने
क्रममा गाडेर राखिएको बम निस्किएको र स्थानीय बालबालिकाले पैसाको बाकस भनेर
लैजाँदै गर्दा प्रहरीले फेला पारेको हो ।
बम सशस्त्रद्वन्द्वका समयमा पर्वतमा अवस्थित सशस्त्र प्रहरीबल चण्डिका गणको सुरक्षार्थ राखेको हुनसक्ने आशंका गरिएको छ ।
बलेवा क्षेत्रका बासिन्दा कुस्मा बजार सम्म आउने मूख्य सडकमै बम बिछ्याएर
राखिएको अवस्थामा भेटिएपछि केहि समय उक्त सडकखण्ड बन्द गरेर बैकल्पिक
मार्गबाट आवतजावतको व्यवस्था मिलाइएको थियो ।
merojilla.com
No comments:
Post a Comment
Thanx for your comment