उज्यालो । भक्तपुर, भदौ १९ – एसएलसी पुरक परीक्षाको नतिजा
सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले
सार्वजनिक गरेको नतिजा अनुसार ६२.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
१ लाख २१ हजार ४ सय १४ जना विद्यार्थीले परीक्षा दिएकोमा ७५ हजार ७ सय ४२
जना उत्तीर्ण भएका परीक्षा उप नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी
दिनुभयो । अघि उत्तीर्ण भएको विषय र अहिले पाएको नम्बरका आधारमा दुइ जना
विशिष्ट, १ हजार ३ सय ६२ पहिलो, ५३ हजार २ सय ३३ दोस्रो र २१ हजार १ सय ६५
जना विद्यार्थीले तेस्रो श्रेणीमा एसएलसी पास गरेका छन् ।
परीक्षामा विशिष्ठ श्रेणीमा २ जना, प्रथम श्रेणीमा १ हजार ३ सय ६२ जना,
द्वितिय श्रेणीमा ५३ हजार २ सय ३३ जना र तृतीय श्रेणीमा २१ हजार १ सय ६५
जना परीक्षार्थी उतीर्ण भएको उहाँले जानकारी दिनुभयो । परीक्षामा सहभागि
भएका मध्ये २ सय २५ जनाको नतिजा स्थगित गरिएको र ९१ जना परीक्षार्थीको
नतिजा रद्ध गरिएका छ । त्यस मध्ये ३५ जनालाई आगामी २०६९ सालको परीक्षामा
समेत सहभागि हुन नपाउने गरि निष्कासित गरिएको छ ।
कार्यालयले गत चैत्त ७ गते देखि १६ गते सम्म संचालन गरेको एसएलसी
परीक्षामा बढीमा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थीका लागि मौका
परीक्षाका रुपमा संचालन गरेको पूरक परीक्षा गत साउन १७ गतेबाट सुरु भएर २४
गते सम्पन्न भएको थियो ।
परीक्षाका लागि मुलुकभर २ सय ४० वटा परीक्षा केन्द्र कायम गरेको थियो ।
परीक्षामा सबभन्दा बढी गणित विषयमा, त्यसपछि अग्रेजी र बिज्ञान विषयमा
परीक्षा दिने परीक्षार्थी रहेका थिए ।
नतिजाका लागि नेपाल टेलिकमको वेबसाइटमा जानुहोला ।
No comments:
Post a Comment
Thanx for your comment