१९ भदौ,
एजेन्सी (नयाँ दिल्ली)। मानिस प्रेमको लागी ज्यान समेत दिन पछी पर्दैनन्
भनेको त सुनेका नै छौ। कहिले काही यस्तै उदाहरण हामीले नदेखेका या नसुनेका
पनि होइनौ । यस्तै भारतको नयाँ दिल्लीमा पनि एक प्रेमीले प्रेमकै कारण
ज्यान गुमाउनु परेको छ । उक्त प्रेमीले प्रेम गरेर विवाह गरेकी आफ्नै
श्रीमतीका बाबुको हातबाट मारिनु परेको बताइएको छ ।
भारतको नयाँ दिल्लीमा बस्दै आएका ट्याटु
आर्टिस्ट पारस भसीनलाई प्रेम विवाह गरेको सजाय आफ्नै मृत्यु बनेको छ ।
पारसको शव १६ वटा टुक्रा बनाइएको अवस्थामा रेल ट्रयाकमा भेटिएको थियो भने
उनको टाउको भने फेला परेको छैन् । उनको कपडा, हात, हातमा रहेको ट्याटुका
आधारमा त्यो शव पारसको नै भएको बताइएको छ । यो घटना हत्या हो या आत्महत्या
भने पुष्टी नभएको प्रहरीले जनाएको छ । तर यो घटनमा पारसको १६ वटा टुक्रा
भेटिनुले यो हत्या नै हुन सक्ने सम्भावना बढी रहेको पनि प्रहरीको भनाई छ ।
यस घटनामा पारसका परिवारले पारसको हत्या
पारसकी प्रेम विवाह गरेकी श्रीमतीका बाबुको भएको बताउँदै केटीका बाबुलाई
दोषी ठहर गर्दै उजुरी दिएका छन् । पारसका परिवारले पारस र उनकी प्रेमीका
शैलीको प्रेम विवाह भएको शैलीका परिवारले मन नपराएको तथा शैलीका बाबुराले
सधै धम्याउने गरेको आरोप लगाउँदै प्रहरिमा उजूरी दर्ता गरेका छन् ।
केही
समयअघि माइती गएकी शैलीलाई भेट्न भनि निस्केका पारसको लास करिब ५०
मिनेटपछी रेल ट्रयाकमा पाइएको खबर परिवारले पाएका थिए । परिवारलाई उक्त खबर
पारसकै घरमा फोन गरी एक बच्चाले दिएको बताइएको छ । प्रहरिले यस विषयमा
जानकारी लिन फोन गर्ने उक्त बालक का साथै उक्त घटनाको आसपासमा सोही रूट भएर
चल्ने रेलहरूका चालकहरू सँग पनि बयान लिने प्रहरिले जनाएका छ ।
No comments:
Post a Comment
Thanx for your comment