नारायणगढ । सीटीईभीटीअन्तर्गतका क्याम्पसहरुमा अखिल क्रान्तिकारी दक्षिण जिल्ला समितिले लगाएको ताला बिहीबारबाट चितवनका पाँच कलेजहरुमा खुलेको छ । विद्यार्थी भर्ना, वैज्ञानिक शुल्क निर्धारणलगायतका विभिन्न नाँैबुँदे माग राख्दै संगठनले भदौ १६ गते सीटीईभीटीअन्तर्गतका सम्पूर्ण कलेजहरुमा तालाबन्दी गरेको थियो ।
बिहीबार भएको वार्तामा पाँच कलेजका सञ्चालकहरु विद्यार्थीका मागप्रति सकारात्मक देखिएकोले तालाबन्दी खुलेको संगठनका तेस्रो जिल्ला सम्मेलन आयोजक समितिका संयोजक सुरजसिंह ठकुरीले विज्ञप्ति जारी गरेर जानकारी दिनुभएको हो ।
तालाबन्दी खुलेका कलेजहरुमा नेपाल पोलिटेक्निक इन्स्टिच्यूट, नारायणी सामुदायिक अस्पताल एण्ड रिसर्च सेन्टर, इन्स्टिच्यूट अफ मेडिकल टेक्नोलोजी, कालिका मेडिकल कलेज र श्री मेडिकल कलेज रहेका छन् ।
संगठनले बाँकी कलेजहरुमा तालबन्दी जारी रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । आन्दोलनलाई बेवास्ता गरे थप कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने संगठनले चेतावनी दिएको छ ।

No comments:
Post a Comment
Thanx for your comment