Thursday, September 6, 2012

एचआईभीका कारण कैदीको मृत्यु

भरतपुर । भरतपुर कारागारका एक कैदीको एचआईभीका कारण मृत्यु भएको छ । अर्घाखाँची जिल्ला छिदीम निवासी ४९ वर्षीय भुपेन्द्र कुमालको  उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बिहीबार जानकारी दिएको छ ।
उनी लामो समयदेखि एचआईभी सङ्क्रमित थिए । कर्तव्य ज्यान मुद्दामा कैदी जीवन बिताइरहेका उनलाई कपिलवस्तु कारागारबाट चितवन सारिएको थियो । एचआईभीको उपचारका लागि सहज बनाउन यहाँ सारिएको भरतपुर कारागारले जनाएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी