Thursday, September 6, 2012

बछौलीमा ३५५ जनाको स्वास्थ्य परीक्षण

बछौली । बछौली गाविस र बीपी स्मृति स्वास्थ्य प्रतिष्ठानको आयोजनामा बिहीबार पूर्वी चितवनको बछौली गाविस परिसरमा निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा स्त्री, प्रसूति एवम् पाठेघरका २७९ जना र  नाक, कान घा“टीका ७६ जना गरी ३५५ जनाको स्वास्थ्य परीक्षण गरिएको गाविसका प्राविधिक सहायक बासुदेव रिजालले जानकारी दिनुभयो ।
शिविरमा डा. शिवजी पौडेलको नेतृत्वको क्यान्सर रोग विशषज्ञहरुको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । अस्पतालका सहायक निर्देशक डा. विजयराज न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो ।
शिविर उद्घाटन कार्यक्रममा बीपी स्मृति स्वास्थ्य प्रतिष्ठान चितवनका कार्यक्रम संयोजक रुपनराज घिमिरे, डा.अनिलविक्रम कार्कीलगायतले बोल्नुभएको थियो । कार्यक्रम गाविस सचिव तेजेन्द्रनाथ लामिछानेको अध्यक्षयतामा सम्पन्न भएको थियो ।
शिविर सञ्चालनका लागि स्थानीयस्तरमा सौराहा रिफ्रेस मिनरल वाटर र जनकौली मध्यवर्ती सामुदायिक वनको सहयोग रहेको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी