भरतपुर । चितवनको दारेचोक–४ स्थित पृथ्वीराजमार्गमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
काठमाडौँबाट पोखरा जान आउँदै गरेको ना४ख १५३८ नम्बरको यात्रुवाहक बस र काठमाडौँतर्फ जाँदै गरेको अनटेस्ट गाडी बुधबार साँझ एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
मुग्लिननजिक भएको सो दुर्घटनामा परी बसमा सवार अन्दाजी ६० वर्षीया एक महिलाको मृत्यु भएको मुग्लिन प्रहरीले जनाएको छ । उनको बिहीबार बिहानसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुमा तनहुँ जिल्ला निवासी १८ वर्षीया सिर्जना विक, गोर्खा खोप्लाङ घर भएकी २२ वर्षीया प्रतिमा लामिछाने र स्याङ्जा निवासी रतनबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने गाडीका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment
Thanx for your comment