भरतपुर । आफैँले पढाउने विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा चितवनको माडीबाट दुई शिक्षक पक्राउ परेका छन् ।
यौन दुव्र्यवहार गरेको जानकारी भएपछि स्थानीय अभिभावकले पक्राउ गरी प्रहरी कार्यालयमा बुझाएको माडी प्रहरीले जनाएको छ । लामो समयदेखि छात्रालाई यौन दुव्र्यवहार गर्दै आएको आरोप लगाउँदै शिक्षकलाई स्थानीय बासिन्दाले कुटपिट गरी प्रहरीलाई बुझाएका हुन् ।
दक्षिण चितवन माडीको जगन्नाथपुरी निम्न माविका शिक्षक देवराज साँखी र शिव आचार्यलाई पक्राउ गरी माडी प्रहरी कार्यालयमा राखिएको छ । आफ्नै विद्यालयको कक्षा ७ र ८ मा पढ्ने विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई स्थानीयको सुराकीका आधारमा पक्राउ गरिएको र अहिले अनुसन्धान चलिरहेको चितवनका प्रहरी नायब उपरीक्षक रवि पौडेलले जानकारी दिनुभयो ।
यौन दुव्र्यवहार गरेको जानकारी भएपछि स्थानीय अभिभावकले पक्राउ गरी प्रहरी कार्यालयमा बुझाएको माडी प्रहरीले जनाएको छ । लामो समयदेखि छात्रालाई यौन दुव्र्यवहार गर्दै आएको आरोप लगाउँदै शिक्षकलाई स्थानीय बासिन्दाले कुटपिट गरी प्रहरीलाई बुझाएका हुन् ।
दक्षिण चितवन माडीको जगन्नाथपुरी निम्न माविका शिक्षक देवराज साँखी र शिव आचार्यलाई पक्राउ गरी माडी प्रहरी कार्यालयमा राखिएको छ । आफ्नै विद्यालयको कक्षा ७ र ८ मा पढ्ने विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।
खैरो हेरोइनसहित पक्राउ
यसैबीच
खैरो हेरोइनसहित पश्चिम चितवनको जगतपुरबाट प्रहरीले दुई जनालाई पक्राउ
गरेको छ । प्रहरीले माडी कल्याणपुर गाविस–२ का १९ वर्षीय सवीन गिरी र वडा
नं ९ का ३५ वर्षीय सागर राईलाई पक्राउ गरिएको जानकारी गराएको छ । उनीहरुलाई स्थानीयको सुराकीका आधारमा पक्राउ गरिएको र अहिले अनुसन्धान चलिरहेको चितवनका प्रहरी नायब उपरीक्षक रवि पौडेलले जानकारी दिनुभयो ।
No comments:
Post a Comment
Thanx for your comment