Tuesday, September 11, 2012

सिंहप्रिति श्रद्धान्जली व्यक्त गर्दै विद्यार्थी संगठनको बन्द १० बजेसम्म

काठमाडौ - १२ विद्यार्थी संगठनले मध्यान्ह १२ बजे सम्म गरेका नेपाल बन्द १० बजेसम्म मात्रै हुने भएको छ । आज बिहान गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको  निधन भएपछि उनी प्रति श्रद्धान्जली व्यक्त गर्दै १२ विद्यार्थी संगठनले नेपाल बन्द २ घण्टा कम गरेका हुन् ।

यसैगरी सिंहको पार्थिव शरीरलाई श्रद्धान्जलिको लागि आज दिउसो ३ बजे सम्म खुलमन्चमा राखिने भएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिने भएको छ । सिंहको शिक्षण अस्पताल महाराजगन्जमा आज बिहान ६ बजे मृत्यु भएको थियो । मल्टिपल अर्गान फेलिएर भएर उनको मृत्यु भएको अस्पतालका चकित्सक डा. केपी सिंहले बताए । 
SOURCE: (नागरिक)

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी