Tuesday, September 11, 2012

पिठुवामा उमेर पुगेका सबै बालबालिका विद्यालयमा

पिठुवा । पिठुवा गाविसभित्रका उमेर पुगेका सबै बालबालिकाहरु विद्यालयको पहुचमा आएका छन् । विद्यालय भर्ना अभियान सुरू भएपछि विद्यालयबाट बाहिर रहेका सबै बालबालिकाहरु विद्यालयको पहुचमा आएका हुन् ।
गत वर्ष विद्यालयबाट बाहिर रहेका नौ जना र आर्थिक अभावले विद्यालय जान छाडेका ६२ जना विद्यार्थीहरुलाई विद्यालय भर्ना गरिएको छ । गाविसभित्रका सबै बालबालिकालाई विद्यालयको पहुचमा ल्याएर पिठुवा गाविसमा निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा कार्यक्रम लागू गरिएको छ । पिठुवा गाविसका सचिव एवम् गाउ“ शिक्षा समितिका अध्यक्ष चन्द्रमणि आचार्यले मंगलबार एक कार्यक्रमका बीच गाविसमा निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा कार्यक्रमको लागू भएको घोषणा गर्नुभएको थियो ।
चितवनमा रहेका जिल्ला शिक्षा कार्यालयअन्तर्गतका १३ वटा श्रोत केन्द्रमध्ये पिठुवा श्रोत केन्द्रभित्र पर्ने पिठुवा गाविसलाई चितवनमै पहिलो पटक निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा कार्यक्रम लागू गरिएको गाउ“ शिक्षा समिति पिठुवाका अध्यक्ष आचार्यले दावी गर्नुभयो । सबै बालबालिकालाई विद्यालयको पहुचमा ल्याउन एक वर्षसम्म विद्यालयभन्दा बाहिर रहेका बालबालिकाको तथ्याङ्क संकलन तथा जनचेतनामूलक कार्यक्रम गरिएको थियो ।
गत वर्षसम्म विद्यालयबाहिर रहेका बालबालिकालाई निरन्तरको प्रयासपछि विद्यालयमा भर्ना गरेर गाविसलाई निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा कार्यक्रमको घोषणा गरिएको उहा“ले बताउनुभयो । ‘यो कार्यक्रमलाई निरन्तरता दिन त्यति सजिलो छैन’, समितिका अध्यक्ष आचार्यले भन्नुभयो, ‘यसलाई सफल पार्न सबैको साथ र सहयोग उत्तिकै आवश्यक रहेको छ ।’
पा“च देखि १२ वर्ष उमेर समूहका सबै विद्यार्थीहरुलाई विद्यालयको पहुचमा ल्याउने नेपाल सरकारको योजनाअनुरुप गाविसभित्रका सबै बालबालिकालाई विद्यालयमा भर्ना गरिएको गाउ“ शिक्षा समितिका अध्यक्ष आचार्यले बताउनुभयो । 
पिठुवा गाविसभित्र निमावि तीन र मावि चार गरी सातवटा सामुदायिक विद्यालय र दुई हजार ३४३ विद्यार्थी रहेको अध्यक्ष आचार्यले बताउनुभयो । आर्थिक विपन्नता भएका ६५ जना विद्यार्थीहरुलाई विद्यालय जान प्रेरित गर्ने उद्देश्यले प्रोत्साहन स्वरुप रकम वितरणसमेत गरिएको छ ।
विभिन्न विद्यालयमा अध्ययनरत ती विद्यार्थीहरुलाई तीन प्रकारको रकम वितरण गरिएको पिठुवा श्रोत केन्द्रका श्रोत व्यक्ति रामकृष्ण लम्सालले जानकारी दिनुभयो । विद्यालय सामग्री खरिदको लागि नया“ भर्ना भएका २० जना विद्यार्थीलाई जनही ५००, विद्यालय सामग्री किन्न नसक्ने अवस्थामा रहेका ३० जना विद्यार्थीलाई जनही एक हजार र अन्य १५ जनालाई ५÷५ जनाको समूह बनाएर प्रतिसमूह १० हजार बीउ पुँजी स्वरुपमा प्रदान गरिएको उहा“ले जानकारी दिनुभयो ।
समूहगत रुपमा प्रदान गरिएको  सो रकम आयआर्जनमा लगाएर विद्यार्थीको पठनपाठनको लागि दिगो श्रोतको रुपमा विकास गरिनुपर्ने श्रोत व्यक्ति लम्सालले बताउनुभयो । कार्यक्रममा विद्यालय निरीक्षक होमनाथ शर्मा, द्वारिकादास माविका प्राध्यानाध्यापक नेत्रप्रसाद घिमिरे, गाउ“ शिक्षा समिति पिठुवाका सदस्य विष्णु अर्याल, एनेकपा माओवादीका गाउ“ सेक्रेटरी रमेश लामिछाने, नेपाली कांग्रेसका गाउ“ सभापति दण्डपाणि लामिछाने, एमालेका गाउ“ कमिटी अध्यक्ष हरिकुमार श्रेष्ठ, नेकपा–माओवादीका गाउ“ सेक्रेटरी लक्ष्मी न्यौपानेलगायतले बोल्नु भएको थियो ।
कार्यक्रम गाउ“ शिक्षा समितिका अध्यक्ष चन्द्रमणि आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

घोषणा तथा प्रोत्साहन रकम वितरण कार्यक्रममा सहभागी विद्यार्थी र तिनका अभिभावकहरु ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी