रत्ननगर । नेपाल विद्युत् प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले विद्युत् चोरी गरी बालेको आरोपमा १३ जनालाई शनिबार पूर्वी चितवनका विभिन्न गाविसबाट नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
कठार, कुमरोज र बछौली गाविसबाट दुई महिलासहित १३ जनालाई पक्राउ गरेको प्राधिकरणका सुपरभाइजर जयन्तीप्रसाद उपाध्यायले जानकारी दिनुभयो । टोली एकथान टिभी पनि बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक जरिवाना तिराइ शनिबारै छाडिएको प्राधिकरणका फोरमेन विष्णु नेपालले जानकारी दिनुभयो । पक्राउ पर्नेमा दुई जना शिक्षक पनि रहेको उहाँले बताउनुभयो ।
बिहान ६ बजदेखि सुरू गरिएको चुहावट नियन्त्रण अभियानमा दुई जनपथ प्रहरी, १३ सशस्त्र प्रहरी र २५ जना प्राधिकरणका कर्मचारी सहभागी थिए । प्राधिकरणले बिदाको दिन पनि चुहावट नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आएको छ ।
विद्युत् चुहावट नियन्त्रण अभियान सुरू भएयता विद्युत् चोरी गरी बालेको आरोपमा ३०० जना ग्राहकलाई कारबाही गरिएको र उनीहरुबाट जरिवाना स्वरुप ११ लाख रुपैयाँ संकलन भएको टा“डी वितरण केन्दका प्रमुख श्रीराम पोखरेलले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०६७÷६८ मा ५० प्रतिशत चुहावट रहेको यस क्षेत्रमा अभियान सुरू भएपछि घटेर ४२ मा झरेको उहा“ले बताउनुभयो ।

No comments:
Post a Comment
Thanx for your comment