Saturday, September 1, 2012

‘निर्वाचनको परिणाम स्वीकार्य छैन’

नारायणगढ । नेपाली काँग्रेसको विशेष अधिवेशनमा सभापति पदका प्रत्याशी विकास कोइरालाले निर्वाचनको परिणाम स्वीकार नगर्ने जनाउनुभएको छ । कोइरालाले शनिबार एक विज्ञप्ति जारी गर्दै मतदानका क्रममा आफूविरुद्ध अनेक षड्यन्त्र र अनर्गल प्रचारबाजी भएकोप्रति विरोधसमेत जनाउनुभयो ।
‘आफूलाई छलफलका लागि भन्दै प्रहरीको आडमा बन्द कोठामा थुनेर बाहिर धमाधम मतदान थालिएपछि निर्वाचन बहिस्कार गरेको हुँ’, विज्ञप्तिमा भनिएको छ, ‘सभापति पदको दोस्रो चरणको निर्वाचनमा आफू संलग्न नभएकाले मतदानको नतिजालाई मैले स्वीकार गर्ने अवस्था छैन ।’
उहाँले पहिलो चरणको मतदानमा २०४ मत ल्याएर आफूलाई दोस्रो चरणको निर्वाचनमा पु¥याउने सबै प्रतिनिधिहरुलाई धन्यवाद दिनुभएको छ । आफूले ल्याएको मतले केन्द्रीय कमिटीले गरेको निर्णय असंवैधानिक भएको पुष्टि गरेको समेत उहाँले दावी गर्नुभएको छ ।
१२ आँै महाधिवेशनबाट आफू निर्वाचित भइसकेपछि आफ्नाविरुद्ध अनेक षड्यन्त्र भएको भन्दै निर्वाचनको क्रममा निर्वाचनको सर्वमान्य आचारसंहिता विपरीत आफूविरुद्ध विभिन्न प्रचारबाजी भएको उहाँको आरोप छ ।
यता, सचिव, कोषाध्यक्ष तथा सदस्य पदमा विजयी हुनेहरुलाई उहाँले विज्ञप्तिमार्फत शुभकामना दिनुभएको छ । शुक्रबार सम्पन्न काँग्रेसको विशेष अधिवेशनले टेकप्रसाद गुरुङलाई सभापति पदमा निर्वाचित गरेको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी