Thursday, September 6, 2012

५ हजारको लोभमा फस्दा १८ वर्षिया युवती ४ करोडमा फसीन

२१ भदौ, मोरङ ।
जिल्लाको सिजुवा गाउँकी एक छात्रा बिरुद्ध १ करोड ४४ लाख रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा ४ करोड ३४ लाख रुपैयाँ मागदावी गर्दै मुद्दा दायर भएको छ । पाँच हजार रुपैयाँको लोभमा अरुको व्यापारिक र्फमको प्रोपाइटर बनिदिएका कारण राजधानीमा पढ्नका लागि आएकी १८ वर्षीया छात्रा यस्तो घटनाको अभियुक्त बन्न पुगेकी हुन ।

दुई वर्षअघि चिनजानका लक्ष्मण राय यादवले न्यू विकास ट्रेडर्स नामको र्फमको प्रोपाइटर बनिदिन उनलाई राजी बनाएका थिए । त्यही र्फमले १ करोड ४४ लाख रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा एलिना सहित लक्ष्मण राय यादव र राजु शर्मालाई विपक्षी बनाई राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट नियन्त्रण ऐनअनुसार बिगोको दोब्बर माग दावी गरिएको छ । हाल एलिना र राजु फरार छन् । विभागले अदालतमा पेश गरेको लक्ष्मणसँग अदालतले बुधबार १ करोड रुपैयाँ धरौटी माग गरेको महानिर्देशक जन्मजय रेग्मीले बताए । धरौटी बुझाउन नसके पछि लक्ष्मणलाई जेल चलान गरिएको छ ।

र्फमको प्रोपाइटर बन्न नागरिकता प्रमाणपत्रको फोटोकपी दिनुका साथै लक्ष्मणले भनेका ठाउँमा सही छाप गरी ५ हजार रुपैयाँ पाएको एलिनाले बयानमा उल्लेख गरेकी छन् । सिनामंगलमा डेरा गरी बस्ने एलिनाले साथीमार्फत लक्ष्मणसँग चिनजान भएको बयान दिएकी थिइनन ।
source: topnepalnews.com

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी