Friday, September 14, 2012

मोटरसाइकलको ठक्करले मृत्यु

माडी । माडीस्थित बरुवामा मोटरसाइकलको ठक्करबाट शुक्रबार एकजनाको मृत्यु भएको छ ।
मध्याह्न माडीको बघौडाबाट गर्दीतर्फ आउँदै गरेको ना.१२प ९४५६ नम्बरको मोटरसाइकलको ठक्करबाट गर्दी–८ निवासी हीरामणि महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनी पैदल हिँडिरहेका बेला मोटरसाइकलले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा दिउँसो १ः३० बजे भरतपुर मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको माडी प्रहरीले जनाएको छ ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी